भारतमा वायु प्रदूषणबाट २३ लाख जनाको मृत्यु
नेपालबहस संवाददाता
जेठ ५, २०७९ बिहिबार १३:५९:४७
५ जेठ, नयाँ दिल्ली । प्रदूषणका कारण भारतमा सन् २०१९ मा २३ लाख भन्दा बढी मानिसको मृत्यु भएको एउटा अध्ययनले देखाएको छ । ल्यान्सेटले गरेको अध्ययनमा १६ लाख मानिसहरूको मृत्यु वायु प्रदूषणका कारण मात्र भएको थियो । त्यस्तै, ५ लाख जनाको मृत्यु जल प्रदूषणका कारण भएको थियो ।
ल्यान्सेटको प्रतिवेदनअनुसार सोही वर्ष प्रदूषणका कारण ९० लाख जनाको अकालमा ज्यान गएको थियो । त्यस हिसाबले हरेक ६ जनामा एक जनाको प्रदूषणका कारण मृत्यु भएको थियो । प्रदूषणबाट सबैभन्दा प्रभावित देशहरूमध्ये भारत पनि एक रहेको अध्ययनमा जनाइएको थियो ।
विश्वव्यापी स्वास्थ्यमा प्रदूषणको प्रभाव युद्ध, आतंकवाद, मलेरिया, एचआईभी, क्षयरोग, लागूपदार्थ र मदिराको भन्दा धेरै ठूलो रहेको अध्ययनमा जनाइएको थियो ।
असुरक्षित पिउने पानी, घरभित्रको वायु प्रदूषण र अपर्याप्त सरसफाइसँग सम्बन्धित मृत्युदरमा कमीसँगै अफ्रिकामा भने उल्लेख्य सुधार आएको अध्ययनमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु
चैत १६, २०८० शुक्रबार
एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय
चैत १६, २०८० शुक्रबार
उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु
चैत १६, २०८० शुक्रबार
निजी विद्यालयको नाम नेपालीकरण गर्न काठमाडौं महानगरको अल्टिमेटम
चैत १६, २०८० शुक्रबार
पर्यटक नभएपछि अध्यागमन कार्यालय तीन वर्षदेखि सुनसान
चैत १६, २०८० शुक्रबार
सभामुख नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फिर्ता
चैत १६, २०८० शुक्रबार
पोखराको पर्यटन प्रवर्द्धन गर्न वाणिज्य संघको जिल्ला यात्रा
चैत १६, २०८० शुक्रबार
सुनको मूल्यमा नयाँ रेकर्ड, १ लाख ३० हजारमा कारोबार
चैत १६, २०८० शुक्रबार