मर्जरका कारण १६ कम्पनीको शेयर कारोबार रोक्का
नेपालबहस संवाददाता
जेठ ५, २०७९ बिहिबार १७:३५:५१
५ जेठ, काठमाडौं । मर्जर र प्राप्तिका कारण १६ कम्पनीको शेयर कारोबार रोक्का छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार तीन वाणिज्य बैंक, पाँच बीमा कम्पनी, ६ लघुवित्त कम्पनी र दुई जलविद्युत् कम्पनीको शेयर कारोबार मर्जर तथा प्राप्ति प्रयोजनका लागि रोकिएको हो ।
शेयर कारोबार रोक्का हुने तीन वाणिज्य बैंकमा नेपाल इन्भेष्टमेण्ट, हिमालयन र नेपाल बंगलादेश बैंक छन् । नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंकको मर्जर प्रयोजनका लागि २०७८ वैशाख ३१ गतेदेखि शेयर कारोबार रोक्का गरिएको हो ।
दुई कम्पनीबीचको मर्जर भाँडिइसकेको अवस्थामा पनि शेयर कारोबार खुला गरिएको छैन । नेप्सेले बैंकहरूबाट कारोबार खोलिदिन लिखित अनुरोध नआएकाले मर्जर भाँडिएको समाचार आए पनि कारोबार खुला हुन नसकेको बताएको छ ।
नबिल बैंकले प्राप्ति गर्न लागेको नेपाल बंगलादेश बैंकको शेयर कारोबार पनि २०७८ पुस ३० गतेदेखि रोक्का छ । पूँजी वृद्धि अभियान चलिरहेको बीमा क्षेत्रमा एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सले मर्जरमा जाने सम्झौता गरेका छन् । वैशाख २२ गते प्रारम्भिक मर्जर सम्झौता गरेका यी दुई कम्पनीको शेयर कारोबार वैशाख २३ गतेदेखि रोक्का छ । बीमा क्षेत्रकै ठूलो मर्जर सहमति युनियन लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र प्राइमलाइफ इन्स्योरेन्सबीच भएको छ ।
वैशाख २९ गते मर्जरसम्बन्धी प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका यी तीन कम्पनीको शेयर कारोबार भने ४ दिन लगातार सार्वजनिक बिदा परेकाले जेठ ३ गतेदेखि रोक्का भएको छ । यीबाहेक वोमी लघुवित्त, सूर्योदय लघुवित्त, नाडेप लघुवित्त, आँधीखोला लघुवित्त, घोडीघोडा लघुवित्त र समाज लघुवित्तको शेयर कारोबार पनि मर्जर तथा प्राप्तिकै निहुँमा रोक्का रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
नेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
शेयरबजार दुई दशमलव २६ अङ्कले ओरालो
बैशाख ४, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय भेटवार्ता
बैशाख १२, २०८१ बुधबार
यी तीन प्रदेशमा आज मेघ गर्जनसहित वर्षा हुने
बैशाख १२, २०८१ बुधबार