बीरगञ्जको उपप्रमुखमा ईम्तियाज आलमले मतान्तर बढाए
आबिद हुसेन
जेठ ५, २०७९ बिहिबार २०:१६:५३
५ जेठ, बीरगञ्ज। बीरगञ्ज महानगरपालिकाको उपप्रमुखका लागि खसेको मतमध्ये झण्डै ४३ मत बदर भएको छ । ३२ वटा वडामध्ये ११ वटा वडाको ३१ हजार ७ सय १ मत गणना हुँदा १३ हजार ६ सय ५१ मत बदर भएको हो ।
सदर भएको १८ हजार ५० मतमध्ये १२ हजार १ सय ४८ मत पाएर पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका इम्तियाज आलमले अग्रतालाई कायमै राखेका छन् ।
उनी निकटम प्रतिद्वन्द्वी नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी ‘लोसपा’ को गठबन्धनका पुरुषोत्तमलाल झाभन्दा ९ हजार ६ सय ६७ मतको फराकिलो अन्तरले अगाडी छन् ।
झालाई पछ्याउने क्रममा उपप्रमुखकी स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले १ हजार ८ सय ३८ मत पाएकी छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’ की बिना जैसवाल कुर्मीले १ हजार ३ सय २९ मत पाएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपएसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार
भूमिहीन सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा बाँड्ने प्रक्रिया सुरु
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार