दार्चुलाका निर्वाचित जनप्रतिनिधिले लिए शपथ र प्रमाणपत्र
नेपालबहस संवाददाता
जेठ ५, २०७९ बिहिबार २०:४१:११
५ जेठ, दार्चुला । दार्चुलाका नौ वटै स्थानीय तहमा निर्वाचित नजप्रतिनिधिले शपथ लिएका छन् । बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालय दर्चुलामा जिल्ला न्यायधिस कोमलप्रसाद आचार्यले उनीहरुलाई सपथ ग्रहण गराएका हुन् । प्रमुखले शपथ लिएपछि बाँकी उपाध्यक्ष र उपप्रमुखसहितका जनप्रतिनिधिहरुले पालिकामै शपथ ग्रहण गर्नेछन् ।
दार्चुलाका अधिकांश स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ । लेकम गाउँपालिकामा निर्वाचित भएका सबै पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरिएको निर्वाचन अधिकृतको कार्यालय रातामाटाले जनाएको छ ।
नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यहरुलाई प्रमाणत्र प्रदान गरिएको हो । महाकाली, शैल्यशिखर, दुहुँ, अपिहिमाल लगायत अधिकासं स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुले प्रमाणपत्र बुझिसकेको जनाएका छन् ।
स्थानीय तहका जनप्रतिनिधिहरूको पाँच वर्षे पहिलो कार्यकाल सकिएको छ । स्थानीय तहको दोस्रो कार्यकालका लागि गत वैशाख ३० गते सम्पन्न निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले जिम्मेवारी प्राप्त गर्ने क्रममा छन् । विजयी भएका अधिकांश जनप्रतिनिधि मतदातालाई धन्यवाद ज्ञापन गर्न घरदैलो अभियानमा लागेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा एसले बोलायो स्थायी कमिटी बैठक
बैशाख ११, २०८१ मंगलबार
देशको समृद्धिका निम्ति सबै राजनीतिक शक्ति एकजुट हुनुपर्छ : सभामुख घिमिरे
बैशाख ११, २०८१ मंगलबार
आज देशमा लोकतन्त्र आएको १८ वर्ष पुग्यो
बैशाख ११, २०८१ मंगलबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
कतारका अमिरको नेपाल भ्रमणमा भोलि सार्वजनिक बिदा
बैशाख १०, २०८१ सोमबार
दाङमा चैते धानप्रति किसानको आकर्षण बढ्दो
बैशाख ११, २०८१ मंगलबार
औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी
बैशाख ११, २०८१ मंगलबार
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ११, २०८१ मंगलबार
रौनियारसहित २९ ठेकेदारका निमार्ण कम्पनी कालोसूचीमा
बैशाख ११, २०८१ मंगलबार
सावधान ! प्लाष्टिकको प्रयोगले हुन्छ यस्तो डरलाग्दो असर !
बैशाख ११, २०८१ मंगलबार
वीरगञ्जको अलौमा आगलागीः ७ घर जले, ५४ लाखको क्षति
बैशाख ११, २०८१ मंगलबार