१३ असार २०७९, सोमबार
स्थानीय तह निर्वाचन
राजनीति

स्थानीय तहको पालिका प्रमुखमा कांग्रेसले २ सय ५० कटायो, जारी गणनामा ७० ठाउँमा अग्रता

प्रकाशित मिति :  ५ जेष्ठ २०७९, बिहीबार १४:५९


५ जेठ, काठमाडौं ।  नेपाली कांग्रेसले स्थानीय तहका पालिकाहरुमा प्रमुख जित्ने विजयी उम्मेदवारहरुको संख्या २ सय ५० भन्दा माथि पुर्याएको छ । मतगणना भइरहेका ७० हाराहारीका स्थानीय तहको प्रमुखमा पनि कांग्रेसको अग्रता कायमै छ ।

निर्वाचन आयोगले दिएको पछिल्लो विवरणमा कांग्रेसले हालसम्म साढे दुई सयभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्षमा जीत हात पारेको हो । कांग्रेसका उम्मेदवारले हालसम्म २५२ पालिकाको प्रमुख तथा अध्यक्ष पदमा विजयी भइसकेका छन् ।

स्थानीय तह निर्वाचनको हालसम्म मतगणना सकिएका पालिकामध्ये सबैभन्दा बढीमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । हाल मतगणना भइरहेका पालिकामध्ये ७० वटाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवारको अग्रता रहेको छ ।

गत ३० वैशाखमा देशका ७५३ वटै स्थानीय तहमा एकसाथ निर्वाचन भएको थियो । निर्वाचन आयोग बाँकी रहेको मतगणना चाँडो सिध्याउन दिर्नेशन दिइसकेको छ ।


1.16k
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


फिल्म ‘दोख’को ट्रेलर रिलिज
नेपालबहस संवाददाता