शम्भुनाथ नगरपालिका मेयरमा एकीकृत समाजवादीका जितेन्द्रप्रसाद विजयी
नेपालबहस संवाददाता
जेठ ५, २०७९ बिहिबार २१:२१:१४
♦ सुधा देव
५ जेठ, सप्तरी । शम्भुनाथ नगरपालिका मेयरमा नेकपा एकीकृत समाजवादीका जितेन्द्रप्रसाद गुप्ता कलवार निर्वाचित भएका छन् । उनले ५ हजार ३९२ मत प्राप्त गरी नगर प्रमुखमा निर्वाचित भएका हुन्।
निकटतम प्रतिद्वन्द्वी रहेका कांग्रेसका दिपेन्द्रकुमार चौधरीले ४ हजार १४३ मत प्राप्त गरेका छन्। यसअघि २०७४ को निर्वाचनमा एमालेबाट चुनाव लडेका कलवार ४४ मत अन्तरले पराजित भएका थिए। गत स्थानीय तहको निर्वाचनमा कांग्रेसका योगेन्द्र चौधरीले २ हजार ७७८ मत ल्याएर गुप्तालाई पराजित गरेका थिए।
एकीकृत समाजवादीकी अनिताकुमारी चौधरी उपप्रमुखमा ४ हजार ९९८ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी जल्पनाकुमार सरदारले ४ हजार २७१ मत प्राप्त गरिन्।
कांग्रेसले उपप्रमुखमा जल्पनालाई उम्मेदवार बनाएपछि गत निर्वाचनमा कांग्रेसबाट निर्वाचित उपप्रमुख कविताकुमारी सरदार लोसपाबाट उम्मेदवार बनेकी थिइन्। कविता १ हजार १८८ मत ल्याएर छैटौं स्थानमा रहेकी छिन्।
वडा अध्यक्षमा एकीकृत समाजवादी र कांग्रेसले ५र५, जसपा र लोसपाले १र१ वडा अध्यक्षमा निर्वाचचित भएका छन् । एकीकृत समाजवादीबाट वडा नम्बर ४ मा विजयकुमार साह, ८ मा इन्द्रकान्त चौधरी, ९ मा प्रभु मलाहा, ११ मा राजकुमार साह र १२ मा सञ्जयकुमार साह वडा अध्यक्षमा निर्वाचित भएका छन्।
यस्तै कांग्रेसबाट वडा नम्बर १ मा जिवछ साह, २ मा दुर्गानन्द भगत, ३ मा नविनकुमार चौधरी, ५ मा जामुनप्रसाद चौधरी र ६ मा सचेन्द्र प्रसाद चौधरी वडा अध्यक्ष निर्वाचित भएका छन्। वडा नम्बर ७ मा जसपाका गोपालप्रसाद चौधरी र वडा १० मा लोसपाका धर्मेन्द्र भनिने रामाकान्त मण्डल निर्वाचित भएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार
भूमिहीन सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा बाँड्ने प्रक्रिया सुरु
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
बनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार
स्थानीय नृत्य प्रस्तुत गर्दै नेपाली सेना
चैत १६, २०८० शुक्रबार
एआईमा जागिर गर्नेहरूले कति तलब पाउँछन् ?
चैत १६, २०८० शुक्रबार
कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन
चैत १६, २०८० शुक्रबार