५ जेठ , काठमाडौं । अफगानिस्तानको तालिबान सरकारले महिला टेलिभिजन प्रस्तोताहरूलाई टेलिभिजनमा आफ्नो अनुहार छोप्न आदेश दिएको छ । अफगानिस्तानका महिला अधिकारकर्मीहरूले सामाजिक सञ्जालमा यो नयाँ प्रतिबन्धप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
तालिबान सरकारले महिलाहरूलाई सार्वजनिक स्थानहरूमा आफ्नो शरीर छोप्न आग्रह गरेको छ । ति मात्र होइन माध्यमिक विद्यालयमा छात्रालाई पढाउन प्रतिबन्ध लगाइएको छ । उनीहरु पुरुष आफन्तलाई साथ नलिई यात्रा गर्न सक्दैनन् । ऐजेन्सी