नुवाकोटका १० पालिका प्रमुखले लिए शपथ
नेपालबहस संवाददाता
जेठ ५, २०७९ बिहिबार २३:३०:३९
५ जेठ, नुवाकोट । जिल्लाका नवनिर्वाचित १० पालिका प्रमुखहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । बुधबारसम्म आएको अन्तिम मतपरिणाम अनुसार नवनिर्वाचित १० गाउँपालिकाका प्रमुखहरुले बिहीबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट शिव प्रसाद अधिकारी, तादी गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट सन्तमान तामाङ, किस्पाङ गाँउपालिकामा नेकपा एमाले र माओबादी गठबन्धनबाट एमालेका बिरबल तामाङ, ककनी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका सुमन तामाङ छन् ।
म्यागङ गाँउपालिकामा नेपाली कांग्रेसको तर्फबाट आसा तामाङ, दुप्चेश्वर गाँउपालिकामा नेकपा माओबादी केन्द्रका शंकरबहादुर थापा, लिखु गाँउपालिकामा नेपाली कांग्रेसबाट ध्रुव श्रेष्ठ, सूर्यगढी गाँउपालिकामा नेपाली कांग्रेसको तर्फबाट सन्तबहादुर घले, शिवपुरी गाउपालिकामा नेपाली कांग्रेसकै गोविन्द थपलिया र पञ्चकन्या गाँउपालिकामा नेकपा माओबादी केन्द्रका तेजबहादुर तामाङ (रमेश) पालिका प्रमुखमा निर्वाचित भएका छन् ।
नवनिर्वाचितलाई बिहीबार बिहान जिल्ला समन्वय समितिको कार्यालय विदुरमा जिल्ला अदालत नुवाकोटका न्यायाधीश एवं जिल्लाका मुख्य निर्वाचन अधिकृत उमेशराज लुइँटेल समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गराए । पद तथा गोपनियताको शपथसँगै नवनिर्वाचित पालिका प्रमुखहरुले आजैबाट कार्यभार सम्हाल्नेछन् ।
नुवाकोटमा २ नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको छ । जसमा बेलकोटगढी र विदुर नगरपालिकामा मतगणना जारी रहेको छ । यस्तै बिदुर र बेलकोटगढी नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रको गठबन्धनका उम्मेदवारहरु अगाडी रहेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालेनले राखेको बोर्ड कसले हटायो ?
चैत १४, २०८० बुधबार
उच्च रक्तचाप र मधुमेहका बिरामीलाई नगरपालिकाद्वारा आर्थिक सहयोग
चैत १३, २०८० मंगलबार
आजदेखि चितवनमा आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु
चैत ९, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
महाजात्राको पहिलो सातामा भव्य व्यापार, ६ करोड २४ लाखको कमाई !
चैत १६, २०८० शुक्रबार
आइतबारदेखि मौसममा क्रमिक सुधार हुने
चैत १६, २०८० शुक्रबार
स्थानीय तहले सडक बत्तीको बक्यौता नतिरेको भन्दै प्राधिकरणले निकाल्यो सूचना
चैत १६, २०८० शुक्रबार
डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु
चैत १६, २०८० शुक्रबार
एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय
चैत १६, २०८० शुक्रबार
नारायणी डेभलपमेन्ट बैंकले कहिले बोलायो एजीएम, के के छन् त एजेन्डा ?
चैत १६, २०८० शुक्रबार