१३ असार २०७९, सोमबार

पोखरामा ‘नेपाल फेशननिस्टा २०२२’ सम्पन्न

प्रकाशित मिति :  ६ जेष्ठ २०७९, शुक्रबार ०६:१९


६ जेठ, काठमाडौं । नेपालको मौलिकतालाई जोगाउन बिगत लामो समयदेखि विविध मनोरजानात्मक कार्यक्रमको आयोजना गर्दै आइरहेको एएसएपी इन्टरटेन्मेन्टले ‘नेपाल फेशननिस्टा २०२२’ सम्पन्न गरेको छ ।

पोखरामा सम्पन्न फेशननिस्टामा चर्चित मोडलहरुले सहभागिता जनाएका थिए । सेलिब्रेटी र मोडलहरु विभिन्न फेसनका डिजाइन याम्पमा प्रस्तुत फेशननिस्टामा मोडल दिपक घिमिरे,दिक्पाल कार्की, सन्तोष अधिकारी नृत्याङगना एन्जल श्रेष्ठ, लगायतका मोडलहरु आकर्षक डिजाइन याम्पमा प्रस्तुत भएका थिए ।

विभिन्न समुदायका पहिरनलाई कलाका माध्यम प्रचारप्रसार गर्ने उद्देश्य स्वरुप एएसएपी हरेक वर्ष फेशन ‘हेरिटेज अफ फेशन ’ नामक फेसन शो गरेर नेपाली सामाजमा आफ्नो छुट्टै छाप छोडेको छ ।

यसअघि २०१९ मा अस्ट्रेलियाको सिड्नीमा ‘सिड्नी फेशनिस्टा–२०१९’ आयोजना गरेको एएसएपी इन्टरटेन्मेन्टले अहिले २०२२मा पोखरामा निकै भब्य र सब्य रुपमा कार्यक्रम सम्पन्न गरेको हो ।

‘नेपाल फेशननिस्टा २०२२’ अफिसियल कोरियोग्राफीमा दिक्पाल कार्की रहेका थिए भने सम्झना गुरुङ ,रबिन परियार ,तृष्णा गुरुङ र दुर्गा बिस्ट डिजाइनर रहेको कार्यक्रममा गायक बादल थापामगर र गायिका ममता गुरुङको प्रस्तुती रहेको थियो । कार्यक्रम भिजे प्रियारानी लामाले संचालन गरेकी थिइन् ।


455
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा

फिल्म ‘दोख’को ट्रेलर रिलिज
नेपालबहस संवाददाता