६ जेठ , काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले शुक्रबारदेखि ३४ करोड ५४ लाख ४७ हजार ४२७ रुपैयाँ बराबरको ३४ लाख ५४ हजार ४७४ कित्ता हकप्रद शेयर निष्कासन तथा बिक्री खुलाएको हो ।
फाइनान्सले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले हकप्रद बिक्री खुलाएको छ। कम्पनीले १ कित्ता बराबर ०.७० कित्ताको अनुपातमा हकप्रद निष्कासन तथा बिक्री गरेको हो।
इच्छुक कम्पनीका लगानीकर्ताले हकप्रद खरिदका लागि जेठ २६ गतेसम्म बैंकिङ समयमा आवेदन दिन सक्ने छन्। फाइनान्स कम्पनीले बिक्री खुलाएको हकप्रद सेयरमा विद्यमान शेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
गत कात्तिक १ मा धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको फाइनान्सले चैत ८ मा हकप्रद जारीका लागि स्वीकृति पाएको थियो । फाइनान्सको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड छ ।