७ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकामा हालसम्म ८२,९२१ मतगणना भएको छ । जसक्रमममा स्वतन्त्र तर्फका मेयरका उम्मेदवार बालेन शाह अगाडि रहेका छन् । उनले हालसम्म ३१०१५ मत पाएका छन् ।
त्यस्तैगरी उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले १६,५२७ मत पाएका छन् । बालेन र स्थापितको मतान्तर १४,४८८ रहेको छ । उता गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले १६,२२४ मत पाएकी छन् ।