१३ असार २०७९, सोमबार
बाग्मती प्रदेश

सबैलाई समेटेर समृद्ध टोखा निर्माण गर्छु : नगरप्रमुख अधिकारी

प्रकाशित मिति :  ७ जेष्ठ २०७९, शनिबार १०:१०



७ जेठ, काठमाडौ। टोखा नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख प्रकाश अधिकारीले सबैलाई समेटेर समृद्ध टोखा निर्माण गर्ने बताएका छ ।

दोस्रो कार्यकालका लागि नगरप्रमुख निर्वाचित भएसँगै शुक्रबार साँझ पदभार ग्रहण गर्दै उनले विगतको कार्यकालमा बाँकी रहेका विकासका काम पूरा गर्दै सबै राजनीतिक दल र जनतालाई समेटेर समृद्ध टोखा निर्माण गर्ने बताएका हुन् । “टोखा धार्मिक, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय महत्व बोकेको नगरपालिको हो, यसको विकासका लागि म निरन्तर लाग्नेछु”, उनले भने । उनले विगतको कार्यकालमा भत्केका बाटो कालोपत्रे, शुद्ध खानेपानीको व्यवस्था मिलाउन नसकेको भन्दै आगामी कार्यकालयमा उक्त काम पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

“विगतको कार्यकालमा ऐन, नीति नियम निर्माणमा अधिकांश समय बित्यो, विकासको जग बसालेका छौँ, त्यसलाई पूरा गर्न अब हामी एकजुट भएर लाग्नेछौँ”, उनले भने । आगामी पाँच वर्षमा टोखा नगरपालिकाले ठूलो विकास गर्ने उनको भनाइ थियो । नगरप्रमुख अधिकारीले सबै क्षेत्रका अभियन्ताको राय, सुझाव र सल्लाहमा आगामी वर्षको बजेट निर्माण गर्ने बताए । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नगरप्रमुख अधिकारीले नेपाली कांग्रेसकी उम्मेदवार रजनी थापालाई १७४ मतान्तरले पराजित गर्दै विजयी भएका थियो । अधिकारीले १० हजार ३४० मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी थापाले १० हजार १६६ मत प्राप्त गरेका थिए ।

यस्तै उपप्रमुखमा भने कांग्रेसका उम्मेदवार मुरारी तामाङ विजयी भएका छन् । विजयी तामाङले १० हजार १३२ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी एमालेका उम्मेदवार ज्ञानमाया डङ्गोलले नौ हजार ५१८ मत प्राप्त गरेका थिए । कूल ३४ हजार ६७६ मतदाता रहेको टोखामा २५ हजार ५६३ मत खसेको थियो । काठमाडौँको उत्तरी क्षेत्र नुवाकोटसँग जोडिएको उक्त नगरपालिकामा ११ वडा रहेका छन् ।


104
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा
फिल्म ‘दोख’को ट्रेलर रिलिज
नेपालबहस संवाददाता