ग्लोबल लिटिल स्टार ब्युटी प्याजेण्टको आवेदन फारम खुल्यो
नेपालबहस संवाददाता
जेठ ८, २०७९ आइतबार १८:३३:३
८ जेठ, इटहरी । बालबालिकाहरुको सौन्दर्यतासंगै क्षमता अभिबृद्धी तथा भित्री कलालाई बाहिर ल्याउने र सबैमाझ प्रस्फुटन गर्ने उद्देश्य सहित काठमाडौमा राठी केबलको मुख्य प्रायोजनमा ‘राठी केबल ग्लोबल लिटिल स्टार’ को पहिलो संस्करण आयोजना हुने भएको छ ।
साइमन फिल्म्स एण्ड इन्टरटेन्मेन्ट मुम्बईको ब्यानरमा ओजस फिल्म्स एण्ड इन्टरटेन्मेन्टले आयोजना गर्न लागेको ‘राठी केबल ग्लोबल लिटिल स्टार’मा काठमाडौ, ललितपुर र भक्तपुरका ७ देखि १५ वर्ष उमेर समुहका बालबालिकाले सहभागी हुन पाउने आयोजकले जनाएको छ ।
बालबालिकाहरुको ब्युटी प्याजेन्ट आयोजना गर्ने कम्पनीको रुपमा परिचित ‘साइमन फिल्म्स एण्ड इन्टरटेन्मेन्ट मुम्बई’ले यसअघि प्रदेश १ मा ‘पुर्वान्चल लिटिल स्टार’ सफल र भब्य आयोजना गरिसकेको छ । ‘पुर्वान्चल लिटिल स्टार’ तेश्रो संस्करणसम्म पुगिसकेको छ भने यहि कम्पनीबाट ‘फ्लायर्स फिल्म अवार्ड’ आयोजनाको पनि घोषणा गरेको छ ।
हाल गर्न लागिएको ‘राठी केबल ग्लोबल लिटिल स्टार’ मा आवेदन फारम निस्शुल्क गरिएको छ भने तालिम शुल्क भने २० हजार तोकिएको छ । सहभागी हुन इच्छुकका लागि आवेदन खुल्ला भएको आयोजकले जनाएको छ । यसबारे बुझ्नका लागि ९८११३५९८४७ मा सम्पर्क गर्न सकिनेछ ।
यसमा ताज पहिरिने बिजेताहरुले ‘वर्ल्ड किड्स ब्युटी प्याजेन्ट’ मा सिधै सहभागीताको मौका पाउनेछन् । यस्तै बिजेता तथा उप(बिजेताहरुले ५ लाख लागतमा बन्ने हिन्दी गीतको म्युजिक भिडियोमा फिचर्ड हुने मौका समेत पाउनेछन् ।
जुन गीतलाई ईन्डियाको सारेगमप लिटिल च्याम्प्समा पुगेर तहल्का पिटेका बालगायक प्रितम आचार्यले गाएका छन् । सो म्युजिक भिडियोमा पुर्वान्चल लिटिल स्टारका बिजेता र उप(बिजेताहरु पनि फिचर्ड हुने आयोजकले जनाएको छ ।
‘ग्लोबल लिटिल स्टार’ को कोरियोग्राफरको रुपमा अशिमा दूतराज रहनेछिन् । उनी फेसन मोडल हुन भने पुर्वान्चल लिटिल स्टारको ३ ओटै संस्करणको कोरियोग्राफी गरेकीछन् । यस्तै कार्यक्रमको निर्देशक डान्स इन्डिया डान्सबाट नरेश भिर शिह रहेका छन् । ग्लोबल लिटिल स्टारको आयोजक कम्पनिका प्रबन्ध निर्देशक साईमन राजबंशी हुन् ।
साईमन नेपाली तथा भोजपुरी म्युजिक भिडियो उधोगका चिनिएका कोरियोग्राफर हुन् । थुप्रै नेपाली फिल्मको गीतहरुमा समेत कोरियोग्राफी गरेका उनले हिन्दी गीतहरुमा पनि कोरियोग्राफी गरेका छन् ।
उनको बलिउडमा जि टिभीको कोरियोग्राफर भएर काम गरेको अनुभव छ भने अभिजित शावन्त, प्रशान्त तामाङलगायतका सेलेब्रेटीहरुसंग पनि काम गरेका छन् । ‘ग्लोबल लिटिल स्टार’को अफिसियल फोटोग्राफी पार्टनर ‘परिकला फोटोग्राफी’ रहेको छ भने मिडिया कोअर्डिनेटर तथा अफिसियल फोटोग्राफर सुवास श्रेष्ठ संकल्प हुन् । डिथ्री अनलाइन, विशेष अनलाइन, ठुलोपर्दा डटकम र कोशी अनलाइन अफिसियल मिडिया पार्टनरको रुपमा रहेको छ ।
कार्यक्रम अवधिभरमा सहभागीहरुले कोरियोग्राफी तथा सौन्दर्यता सम्बन्धी तालिम प्राप्त गर्ने छन् । त्यसैगरी फिनालेको समयमा आयोजकका तर्फबाट सम्पुर्ण सहभागीलाई ड्रेसको तयारी, ट्रेनिङ टि(सर्ट, प्रोफेसनल फोटोसुट, नृत्य तथा संगीतको कक्षा, सेलेब्रेटीहरुसंग भेट, मोटिभेसनल, पर्सनालिटी डेभलपमेन्ट, मास(कम्युनिकेसन लगायतको अवसर प्रदान गरिनेछ ।
सहभागी सम्पुर्णलाई प्रमाणपत्र प्रदान गरिनुका साथै बन्न लागेको चलचित्र ‘प्रधान द लिडर’ खेल्ने मौका समेत आयोजकले प्रदान गर्ने भएको छ । यो चलचित्र हिन्दी, नेपाली, भोजपुरी र राजबंशी गरि ४ भाषामा तयार हुँदैछ । यो फिल्मका लागि अभिनेता सौगात मल्लसंग पनि कुरा भैसकेको छ । मल्ल फिल्मका लागि सकारात्मक देखिएका छन भने कागजी सम्झौता हुन बाकी छ ।
यस्तै भारतीय स्टार कलाकारहरू पनि फिल्ममा देखिने छन् । अग्रज अभिनेता अन्नु कपुर, जोनि लिभर संग पनि औपचारिक भेटघाट भैसकेको छ भने यी २ बलिउड स्टार पनि फिल्मका लागि सकारात्मक देखिएको र छिट्टै अनुबन्ध गरिने छ । अर्का बलिउड कमेडियन अशोक नारायणसंग भने कागजी सम्झौता भैसकेको छ । अशोकले बलिउडमा अमिर खान र सलमान खान संग अन्दाज अप्ना अप्ना र वान्टेडमा काम गरेका छन् । उनले चाईना गेट जस्ता फिल्ममा अभिनय गरिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछैटौं ब्युटिसियन ट्यालेन्ट नेपालको पहिलो अडिसनबाट १३ जना छानिए
चैत २६, २०८० सोमबार
पहिलो पटक मिस युनिभर्समा भाग लिँदै साउदी अरब
चैत १५, २०८० बिहिबार
सौन्दर्य प्रतियोगिता मिसेस नेपाल क्यानडा भव्यरुपमा सम्पन्न
माघ १८, २०८० बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदै
बैशाख १२, २०८१ बुधबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार