१६ असार २०७९, बिहीबार

किसान लघुवित्तले जेठ २८ गते डाक्यो साधारण सभा

प्रकाशित मिति :  ९ जेष्ठ २०७९, सोमबार १२:१२


९ जेठ, काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ २८ गते साधारण सभा डाकेको छ । लघुवित्तको वैशाख २५ गतेको सञ्चालक समितिको बैठकले शनिबार धनगढी, कैलालीमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित २० प्रतिशत बोनस शेयरलाई समेत अन्तिम रुप दिनेछ ।

सभामा त्यस्तै, आ.व. २०७८/७९ को हिसाब किताब लेखापरिक्षण गर्नका लागि लेखापरिक्षण नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने एजेन्डा रहेको छ ।

सभा प्रयोजनका लागि कम्पनीले जेठ २० गते बुक क्लोज गर्दै छ । तसर्थ, जेठ १९ गतेसम्म कायम शेयरधनीले मात्र प्रस्तावित लाभांश हात पार्नेछन ।


234
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा

विपद्ले घेरिएकाे कर्णाली
नेपालबहस संवाददाता


खोलामा बगेर बालक बेपत्ता
नेपालबहस संवाददाता