हिमालको मौलिक गीत कदमैको छायाँ बजारमा
नेपालबहस संवाददाता
जेठ ९, २०७९ सोमबार २२:१:४४
९ जेठ, काठमाडौं । लोकप्रिय पुराना गायक तथा सर्जक हिमाल घलेको पछिल्लो प्रस्तुति भर्खरै बजारमा आएको छ । उक्त गीत ‘कदमैको छायाँ’ बोलको रहेको छ ।
शुष्मा म्युजिक प्रालिको ब्यानरमा तयार भएको यस गीतमा हिमाल घले र समिक्षा अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ । गायिका समिक्षाको यतिबेला छुट्टै चर्चा रहेको छ । उनि द्वारा स्वर बद्ध गीतहरु अहिले पनि बजारमा आइरहेका छन् ।
तर यी गीतहरु पहिले रेकर्ड भएका हुन् अथवा भर्खरै रेकर्ड भएका हुन् त्यो भने एकिन गर्न सकिएको छैन । यद्धपि यो गीत पछिल्लो समय सार्बजनिक भएकोले उनि पुनः यस क्षेत्रमा सक्रिय देखिन थालेकी हुन् कि भन्ने अनुमान भने गर्न सकिन्छ ।
प्रस्तुत गीतमा हिमाल घलेको मौलिक लय तथा रमेश बि जी को शब्द रहेको छ । हिमालका यस भन्दा अगाडी पनि थुप्रै सिर्जनाहरु बजारमा आइसकेका छन् । उनले आफ्ना सृजनाहरु बाट मौलिकताको स्वाद नै प्रस्तुत गर्ने गरेका छन् ।
ब्यवसायिकताको नाममा मौलिकता कहिले नभुल्ने भएको हुँदा नै हिमाललाई नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा सदाबहार कलाकारको रुपमा चिन्न सकिन्छ ।
‘कदमैको छायाँ’ बोलको गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा सुधिर श्रेष्ठ र अश्विनी शाहीको अभिनय देख्न सकिन्छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन प्रकाश भट्टले गरेका हुन् भने छायांकन नवराज उप्रेती र सम्पादन बिष्णु शर्माले गरेका छन् ।
हिमाल घले युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतलाई अशंख्य श्रोता तथा दर्शकहरुले पहिलेका सांगीतिक प्रस्तुतिलाई झैं मन पराइदिनु हुनेछ भन्ने कुरामा निर्माण युनिट ढुक्क रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछैटौँ संस्करणको सगरमाथा म्युजिक अवार्डको आवेदन खुला
बैशाख १३, २०८१ बिहिबार
ईश्वरको आँखामा देबेन्द्र बब्लु र जुना
बैशाख १२, २०८१ बुधबार
प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक मात्रै !
बैशाख १३, २०८१ बिहिबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार