स्याङ्जाको थाप्लेमा नेपालकै अग्लो बुद्ध मूर्ति
नेपालबहस संवाददाता
जेठ ९, २०७९ मंगलबार ०:३७:४०
♦ प्रकाश डोटेल
९ जेठ, स्याङ्जा । स्याङ्जाको थाप्लेमा नेपालकै अग्लो बुद्धको मुर्ति निर्माण गरिएको छ । नवनिर्मित बुद्धको बिशाल मुर्तिले पर्यटक आगमनलाई ह्वात्तै बढाएको छ । मुर्ति निर्माणपछि अवलोकनतथा घुमघाम गर्न आउनेको आन्तरिक र बाह्यि पर्यटकको ओइरो नै लागेको छ ।
नेपालकै सबैभन्दा अग्लो दावी गरिएको ५८ फिट अग्लो बुद्ध मूर्ति जिल्लाको अर्जुनचौपारी र आँधीखोला गाउँपालिकाको सिमानामा रहेको छ । अर्जुनचौपारी वडा नं. ६ को समुन्द्री सतहदेखि झण्डै २२ सय मिटरको उचाई रहेको थाप्लेमा बुद्धको बिशालमूर्ति बनेको छ । स्थानीयदरौंका गुरुङ समुदायको सहयोगमा बुद्धकोमूर्ति निर्माण भएको हो ।
२०७५ सालदेखि सुरु गरिएको मूर्तिझण्डै ३ वर्षमा रंगरोगन सहितनिर्माणको कामपूरा भएको छ । निकै आकर्षक उक्त बुद्धको मूर्ति झण्डै १ करोड ५० लाखको लागतमा निर्माण भएको हो । शहर केन्द्रित बसाइसराइलाई नियन्त्रण गर्न स्थानीय भूमिबहादुर गुरुङ् (विश्व) ले थाप्लेमा बिशाल मूर्ति निर्माणको परिकल्पना अगाडी सारेका हुन ।
“परिकल्पनासँगै उनले गाउँले दाजुभाइलाई भेला गराएपछि देशका पोखरा, काठमाडौं लगायत विदेशमा पुगेका स्थानीयबासी सबैले मन खुलाएर सहयोग गरे ।” उनले भने, “झण्डै करोडको हाराहारीमा रकम जम्मा गरेरमूर्ति निर्माण सुरु गरियोे ।”नेपाली कांग्रेसका नेता समेत रहेका विश्व एक्लैले मुर्ति निर्माणमा ५० लाख नगद सहयोग गरेका छन् ।
मूर्ति निर्माणसँगै थाप्लेमा चहलपहल बढेको छ । बालबालिकादेखि जेष्ठ नागरिकसम्म थाप्लेमा मुर्ति अवलोकनका लागि आउने गरेका छन् । आन्तरिक र बाह्यि पयर्टकको चहलपहल बढेसँगै स्थानीय युवाहरुको लगानीमा रेष्टुरेन्ट र होटल सञ्चालनमा ल्याइएको युवा सञ्जिब गुरुङ्ले बताए । युवाहरुको आग्रहमा स्थानीय पालिकाको सहयोगमा दृश्यावलोकनका लागि भ्यूटावर समेत निर्माण गरिएको छ ।
अग्लो भू–भाग, सुन्दर,शान्त र रमणीय स्थलमा बनेको मूर्तिको स्थापनापछि थाप्लेमा दैनिक सयौंको संख्यामा पर्यटक आउने गरेको सञ्जिबले बताए । दैनिक ५ सय भन्दा बढि पर्यटक घुम्न आउने गरेका छन्भने २० देखि ३५ जनासम्म दिनहुँ बास बस्ने गर्छन् । आगन्तुकलाई स्थानीय खाना र संस्कृतिमा रमाउने वातावरण दिएको जिकिर गर्दै सञ्जिबले भने, “५० जनाबढि अट्ने क्षमताको होटलपनि संचालनमा ल्याएका छौं ।”
पर्यटकको चाहना अनुसार स्थानीय पञ्चेबाजा, क्याम्पफायर, लोकदोहोरी लगायतका मनोरञ्जनको सुविधा उपलब्ध गराईएको स्थानीय तेज रोकाले बताए । थाप्ले घुम्न मात्र नभए बैठक, सेमिनार र पिकनिकका लागि पर्यटकहरु आउने गरेको रोकाले जानकारी दिए ।
थाप्लेमा बुद्ध मुर्ति बनेसँगै एक दर्जन बेरोजगार युवाहरु रोजगार भएका छन् । युवाहरुको अगुवाईमा व्यवसाय शुरु भएको छ । केहि युवाले किराना पसल संचालनमा ल्याएका छन् भने केहि युवाहरुले रेष्टुरेष्ट र होटल संचालनमा ल्याएका छन् । पर्यटकको आगमनसँगै युवाहरुको आम्दानी बढेपछि स्थानीय युवा हर्षित छन् ।
थाप्लेबाट माछापुच्छ«े, धवलागिरी लगायतका थुप्रै हिमशृंखला प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । सूर्योदय र सूर्यास्त पनि नजिकैबाट देख्न सकिने छ । आँधीखोला उपत्यकासँगै लगायत खर्सुको लेक, डहरे देउरालीको चुचुरो, नजिकै रहेको नेपालकै पहिलो होमस्टे शिरुबारी र छिमेकी पोखरा लगायत आसपासका दृश्यहरु अवलोकन गर्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
उपभोक्ता हितसंरक्षणमा स्याङ्जा प्रशासनले बढायो निगरानी
बैशाख १२, २०८१ बुधबार
‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज सार्वजनिक बिदा
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
'टिकटक'बारे अमेरिकाले ल्यायो नयाँ कानुन- शेयर बेच्नेकी प्रतिबन्ध झेल्ने !
बैशाख १३, २०८१ बिहिबार
चितवनमा बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
पोखरामा एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप हुँदै
बैशाख १३, २०८१ बिहिबार
प्रिमियम लिगका दुइ खेलाडीमाथि बलात्कारको आरोप
बैशाख १३, २०८१ बिहिबार
अमेरिकाले युक्रेनलाई गोप्य रुपमा दिएका लामो दुरीको मिसाइलको प्रयोग
बैशाख १३, २०८१ बिहिबार