१० जेठ, काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम परिमार्जन गरी लागु गर्ने घोषणा गरेको छ ।
मंगलबार संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले पेस गरेको नीति तथा कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सबै तहको स्वामित्व रहने गरी पुन तयार गरिने उल्लेख छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई रोजगारी, सीप विकास र उद्यमशीलतासँग सम्बन्धित कार्यक्रमहरूको प्रभावकारिता अध्ययन गरी एकीकृत रूपमा कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।