कामनाको एघारौं शाखारहित बैंकिङ सेवा सञ्चालन
नेपालबहस संवाददाता
जेठ ११, २०७९ बुधबार १९:३२:७
११ जेठ, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखारहित बैंकिङ सेवाशुभारम्भ गरेको छ ।
बैंकले सेवा विस्तार गर्ने क्रममा जेठ ११ गते मंगलबारबाट नवलपरासीको कावसोती न.पा. वडा नं. ११ मा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
कावसोती न.पा. वडा नं. ११, कुडौलीस्थित गुरौ किराना पसल(प्रो. हेमराज गुरौ) लाईशाखा रहित बैंकिङ सञ्चालनको लागि व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । वडा नं. ११ का वडा अध्यक्ष शारदा प्रसाद अधिकारीले उक्तशाखारहित बैंकिङ सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरे ।
कार्यक्रममा बैंकका तर्फबाट नारयणगढ क्षेत्रीय प्रमुख सुरेन्द्र भण्डारी लगायत बैंकका अन्य कर्मचारीहरु, व्यवसायिक प्रतिनिधि तथा स्थानीय महानुभावहरुको उपस्थिती रहेको थियो ।
शाखारहित बैंकिङ मार्फत खाताखोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिने छ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगरिमा विकास बैंकको सीईओमा माधव आचार्य नियुक्त, चार वर्षे कार्यकाल
चैत १५, २०८० बिहिबार
मुक्तिनाथ विकास बैंकद्वारा कञ्चनपुरको कृष्णपुरमा १५० कागतीका विरुवाको वृक्षारोपण
चैत १४, २०८० बुधबार
महालक्ष्मी विकास बैंकद्वारा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न
चैत १२, २०८० सोमबार
उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
घोप्टेभिरमा सडक ढलान गरिँदै
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
लम्साल, शर्मा र पौड्यालमध्ये को होला सचिवमा बढुवा ?
चैत १५, २०८० बिहिबार