दस महिनामै एक खर्बभन्दा बढीको कच्चा खाने तेल आयात
नेपालबहस संवाददाता
जेठ ११, २०७९ बुधबार २२:२९:३१
११ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दस महिनामा नेपालले विभिन्न देशबाट १ खर्ब १ अर्ब ५३ करोड ७९ लाख ३४ हजार रुपैयाँको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयात गरेको छ ।
२०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा उक्त कच्चा भटमास, पाम र सनफ्लावर तेल आयात भएको भन्सार विभागले जनाएको छ ।
विभागका अनुसार त्यस अवधिमा उक्त मूल्यमा ६५ करोड ९० लाख ९१ हजार ७० लिटर कच्चा भटमास, पाम र सनफ्लावर तेल नेपाल भित्रिएको हाे ।
पछिल्लो दस महिनामा ४९ अर्ब ४१ करोड २ लाख ३५ हजार रुपैयाँको कच्चा भटमास तेल, ३४ अर्ब ७४ करोड ४२ लाख ५७ हजार रुपैयाँको कच्चा पाम तेल र १७ अर्ब ३८ करोड ३४ लाख ४३ हजार रुपैयाँको कच्चा सनफ्लावर तेल नेपाल भित्रिएको छ ।
अर्जेन्टिना, ब्राजिल, इजिप्ट, इटाली, पराग्वे, रुस, युक्रेन, उरुग्वे, इन्डोनेसिया, मलेसिया र फिलिपिन्स गरी ११ देशबाट कच्चा भटमास, पाम र सनफ्लावर तेल आउने गरेको छ ।
विगत दस महिनामा अर्जेन्टिनाबाट मात्र ३२ अर्ब ६६ करोड ४७ लाख १४ हजार रुपैयाँको कच्चा भटमास तेल र ४६ करोड ३९ लाख ९९ हजार रुपैयाँको कच्चा सनफ्लवार तेल नेपाल आएको छ ।
सोही अवधिमा इन्डोनेसियाबाट २८ अर्ब २९ करोड ८९ लाख ७५ हजार रुपैयाँको कच्चा पाम तेल, युक्रेनबाट १५ अर्ब २१ करोड ६३ लाख ८५ हजार रुपैयाँका कच्चा भटमास र सनफ्लवार तेल, ब्राजिलबाट १० अर्ब ९ करोड ८५ लाख ३० हजार रुपैयाँको कच्चा भटमास तेल र मलेसियाबाट ६ अर्ब ३३ करोड १२ लाख ८१ हजार रुपैयाँको कच्चा पाम तेल नेपालले आयात गरेको छ ।
नेपालले विभिन्न देशबाट कच्चा तेल ल्याई त्यसलाई प्रशोधन गरी भारतमा पठाउने गरेको छ । चालु आर्थिक वर्षको दस महिनामा नेपालले ८७ अर्ब ५९ करोड ८४ लाख १ हजार रुपैयाँको प्रशोधित भटमास, पाम र सनफ्लावर तेल भारतमा निर्यात गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
छोटै समयमा प्रदीप अधिकारीले देखाएको आर्थिक लिला, यो घर कसरी ठडियो डीजी साप ?
चैत १४, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
नेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन
चैत १५, २०८० बिहिबार
उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार