वन पदाधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा
नेपालबहस संवाददाता
जेठ ११, २०७९ बुधबार २३:१९:३२
११ जेठ,काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामुदायिक वनको काठ, दाउराको मूल्यांकन आफूखुसी गरी परिमाण घटाएको लगायत आरोपमा मोरङ मिक्लुङ सामुदायिक वनका पदाधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष सन्तोषकुमार लावतीविरुद्ध रु नौ लाख ७७ हजार ३४९, तत्कालीन सचिव देवीन्द्र कार्कीविरुद्ध रु आठ लाख १६ हजार ७४९, कोषाध्यक्ष भीमा लम्साल ढकालविरुद्ध रु सात लाख दुई हजार ३४९ बराबरको बिगो दाबी गरेको छ ।
आयोगका अनुसार तत्कालीन आपूर्ति संयोजक रामप्रसाद पौडेलविरुद्ध रु तीन लाख ८४ हजार १४९, लेखापरीक्षक चन्द्रबहादुर बस्नेतविरुद्ध पदीय एवम् व्यावसायिक दुरुपयोग गरेको ठहरसहित कैद सजायको माग गरिएको छ । आयोग प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उनीहरूले संस्थामा आम्दानी नदेखाई रकम हिनामिना गरेको पुष्टि भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार