मेयरमा निर्वाचित सिंहले नगरवासीकाबीच शपथ लिँदै
आबिद हुसेन
जेठ १२, २०७९ बिहिबार १७:५८:३३
१२ जेठ, बीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको नगरप्रमुखमा निर्वाचित राजेशमान सिंहले बिहीबार पद तथा गोपनियताको शपथ लिँदै छन् ।
गएको वैशाख ३० गते सम्पन्न निर्वाचनबाट निर्वाचित सिंहले बिहीबार बेलुका वीरगञ्जस्थित पुरानो बसपार्कको खुला मैदानमा शपथ लिन लागेका हुन् ।
उनलाई पर्साका मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले पद तथा गोपनियताको शपथ ग्रहण गराउने छन् । नवनिर्वाचित नगरप्रमुख सिंहले बन्द कोठामा नभई नगरवासीकाबीच शपथ लिने इच्छा जाहेर गरेपछि नगरबीचमा रहेको पुरानो बसपार्कको खुला स्थानमा शपथ कार्यक्रम राखिएको हो ।
पाँच दलीय गठबन्धनको साझा उम्मेद्वार रहेका जसपाका सिंहले एमालेका उम्मेद्वार एवं निवर्तमान नगरप्रमुख विजय सरावगीलाई करिब दोब्बर बढी मतले उछिन्दै विजयी बनेका हुन् ।
नगरप्रमुखमा विजयी सिंहले ४६ हजार २ सय १५ मत पाउँदा एमालेका सरावगीले भने २३ हजार १ सय ७१ मत पाएका थिए । यस्तै आजै उपप्रमुख इम्तियाज आलम तथा ३२ वटै वडाका वडाध्यक्ष तथा सदस्यहरु सबैले शपथ लिने कार्यक्रम रहेको वीरगञ्ज महानगरले जनाएको छ ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपवीरगञ्जको अलौमा आगलागीः ७ घर जले, ५४ लाखको क्षति
बैशाख ११, २०८१ मंगलबार
सावारी दुर्घटनामा पत्रकार यादवको मृत्यु
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदै
बैशाख १२, २०८१ बुधबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार