टेक्सास घटनाबाट राष्ट्रसंघका महासचिव स्तब्ध
नेपालबहस संवाददाता
जेठ १२, २०७९ बिहिबार २०:३१:३६
१२ जेठ, संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस अमेरिकी सहर टेक्सासमा भएको गोलीकाण्डबाट आफू स्तब्ध भएको बताएका छन् ।उनले भनेका छन्– म त्यहाँको एक विद्यालयमा भएको गोलीकाण्डबाट स्तब्ध भएको छु ।उनको प्रवक्ता स्टेफन डुजारिकले प्रकाशन गरेको विज्ञप्तिमा बताइएको छ । सो गोलीकाण्ड र त्यसमा पनि बालबालिका मारिएको दृश्यले मलाई निकै दुःखी बनाएको छ, उहाँका प्रवक्ताद्वारा जारी गरिएको सो विज्ञप्तिमा बताइएको छ ।
अमेरिकाको टेक्सासको एक एलिमेन्टरी स्कुलमा मंगलबार भएको गोली काण्डमा परी १८ जना बालबालिकासहित २१ को ज्यान गएको थियो ।यस घटनाको विश्वमा नै निन्दा गरिएको छ । अमेरिकी सहर टेक्सासमा मंगलबार दिउँसो भएको सो दुःखद घटनामा परी २१ को ज्यान गएको र अरु कैयौँ घाइते भएका थिए ।
टेक्सासको युभाल्डेस्थित रोब इलिमेन्टरी स्कूलमा एकजना १८ वर्षीय किशोरले गोली चलाउँदा ती विद्यार्थीको ज्यान गएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु
चैत १६, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
एसएसपी अधिकारी सशस्त्रको डीआईजीमा सिफारिस
चैत १६, २०८० शुक्रबार
चैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार