नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम एक अर्बमुनि खुम्चियो
नेपालबहस संवाददाता
जेठ १२, २०७९ बिहिबार २२:५२:३०
१२ जेठ, काठमाडौं । शेयरबजार नेप्से परिसूचक बिहीबार सामान्य अंकले वृद्धि भएको छ । बिहीबार नेप्से परिसूचक ८।०३ अंकले वृद्धि भई नेप्से २२ सय ३९ दशमलव ६ अंकमा पुगेर बन्द भएको छ ।
नेप्सेमा कारोबार रकम भने एक अर्बभन्दा मुनि खुम्चिएको छ । नेप्सेमा बिहीबार २३ लाख २४ हजार ६ सय ६४ कित्ता सेयर किनबेच भई ८८ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
नेप्सेमा बुधबार कारोबार एक अर्ब चार करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार र नेप्से परिसूचकमा १४.३२ अंकले सुधार आएको थियो । नेप्से परिसूचक वृद्धि भए पनि कारोबार रकममा भने निरन्तर खुम्चिँदै गएको छ। बिहीबार नेप्सेको सेन्सेटिभ इन्डेक्स १.३९ अंकले बढेर चार सय ३६.४७ अंकमा पुगेको छ ।
नेप्सेमा दुई सय २२ कम्पनीको सेयर खरिदबिक्री भएकोमा एक सय ५० कम्पनीका लगानीकर्ताले नाफा कमाए । यस्तै ८६ कम्पनीका लगानीकर्ता आज गुमाएका छन् । १५ कम्पनीको शेयर अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ ।
नेप्सेमा बिहीबार एक मात्र मेगा बैंकको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । मेघा बैंकको शेयर मूल्यमा २२ रुपैयाँ ५० पैसा बढेर दुई सय ४७ रुपैयाँ ५० पैसा पुगेर बन्द भयो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
आज नेप्सेमा दोहोरो अङ्कको गिरावट
चैत १४, २०८० बुधबार
प्रि-ओपन सेसनमा नेप्से सामान्य बढ्यो
चैत १४, २०८० बुधबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार