पालिकामा राना थारु समुदायको उपस्थिति सम्मानजनक
नेपालबहस संवाददाता
जेठ १२, २०७९ बिहिबार २३:०:२५
१२ जेठ, महेन्द्रनगर । कञ्चनपुरको राना थारु बाहुल्य क्षेत्र लालझाडी गाउँपालिकाको अध्यक्षमा निर्मला राना निर्वाचित भएकी हुन । स्थानीय तहको निर्वाचन अघि आफ्नो समुदायको पनि उपस्थिति हुनुपर्ने मागअघि सारेका राना थारु समुदायका नागरिक पालिकामा सम्मानजनक उपस्थितिले हर्षित छन् ।
“छ वडामा यहाँ तीन वडाध्यक्षसहित राना थारुको उपस्थिति सम्मानजनक छ”, अध्यक्ष रानाले भने, “प्रतिनिधित्व भएअनुसारको काम पनि देखाउने छौँ ।” मुलुकमै कञ्चनपुर र कैलालीमा मात्रै बसोबास रहेको राना थारु समुदाय यहाँको कृष्णपुुर, लालझाडी, बेल्डाडीमा पालिका अध्यक्ष तथा उपप्रमुखको जिम्मेवारीमा आएका छन् ।
“वडाध्यक्ष त प्रायः पालिकामा राना थारु समुदायका नागरिक आएका छन्”, उनले भने, “अघिल्लो निर्वाचनभन्दा यसपटक हाम्रो नेतृत्वदायी उपस्थिति पनि छ ।” लालझाडी गाउँपालिकाका अध्यक्ष राना यसअघिको पालिकाको निर्वाचनमा पराजित भएका थिए । उनले पालिकाको विकास निर्माण र जनताको हकहितका लागि योजना बनाएर अघि बढ्ने बताए।
सात पालिका र दुई नगरपालिका रहेको कञ्चनपुरमा दुवै पालिकाको अध्यक्षमा राना समुदायका छन् । यहाँको कृष्णपुर र बेलौरी नगरपालिकामा उपप्रमुख र लालझाडी गाउँपालिकामा राना समुदायले उपाध्यक्षको जिम्मेवारी पाएको छ । त्यसैगरी बेल्डाडी गाउँपालिकाका अध्यक्ष हरिचन्द्र रानाले थारु समुदायको स्थानीय तहमा उपस्थिति उत्साहजनक रहेको बताए।
“नेतृत्वमा आउन लगन र इमान्दार भएर आउँदा जुनसुकै समुदाय वर्ग पनि सफल हुन्छ”, अध्यक्ष रानाले बताए, “थारु समुदायलाई माथि ल्याउन शिक्षाको महत्व बझाउन जरुरी छ ।” उनले राना थारु समुदायका बालबालिकालाई शिक्षा आर्जनमा प्रोत्साहन गनुपर्ने खालका प्याकेज ल्याउन आवश्यक रहेको बताएका छन् ।
“कला, संस्कृति संरक्षण र राम्रा परम्परागत प्रथाको जगेर्नाका लागि पनि बजेटमार्फत सम्बोधन गछौँ”, उनले भने, “समग्र पालिकाको विकास हाम्रो प्राथमिकता हो ।” नेपाली कांग्रेस कञ्चनपुरका उपसभापतिसमेत रहेका पालिका अध्यक्ष रानाले दुई दशक शिक्षण पेशा अगालेर राजनीतिमा आएको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछः मन्त्री भण्डारी
बैशाख ७, २०८१ शुक्रबार
सर्वोच्चको फैसला नआएसम्म कांग्रेस गण्डकी प्रदेशसभा बैठकमा सहभागि नहुने
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’
बैशाख ७, २०८१ शुक्रबार
पूर्वाधार अभावमा पनि खेलकुदमा सुदूरपश्चिम अब्बल
बैशाख ७, २०८१ शुक्रबार
महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान
बैशाख ७, २०८१ शुक्रबार
बैंकहरुको मुनाफा घट्यो, ९ महीनामा ४०.६८ अर्ब आम्दानी
बैशाख ७, २०८१ शुक्रबार
प्लास्टिक प्रदूषण अन्त्य गर्न क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने
बैशाख ७, २०८१ शुक्रबार