आफ्नो हार स्वीकार्न ओलीलाई यत्रो खसखस किन ?
नेपालबहस संवाददाता
जेठ १४, २०७९ शनिबार १३:२१:२
♦अनुसा थापा
यसपटकको स्थानीय चुनावमा नेकपा एमालेलाई जनताले सही ठाउँ देखाइदिएका छन् । एमालेले गरेको क्रियाकलापहरुको प्रतिफल निर्वाचनमा देखिइसकेको छ । जनताले नपत्याएर हार्दा पनि एमाले सहज तरिकाले आफ्नो हार स्वीकार गर्न तयार छैन । बरु, आरोप–प्रत्यारोप गर्नमै एमाले व्यस्त छ ।
के कारणले हामी हार्याैं भनेर कारण खोज्नुको साटो अरुमाथि दोष देखाएर एमाले पन्छिन खोज्दै छ । सत्तापक्षले सत्ताको दुरुपयोग र धाँधली गरेर आफूलाई हराएको एमालेको दावी छ । २०७४ सालमा सबै स्थानीय तहमा एमाले निर्वाचित भएको थियो ।
यता, संसदीय चुनावमा पनि एमाले नै पहिलो पार्टी बनेको थियो । यी दुवै चुनाव गराउँदाखेरि प्रधानमन्त्री शेरबहादुर देउवा थिए । तर, त्यतिखेरको चुनावमा कांग्रेसले हार्याे । सत्ता नै प्रयोग गर्ने भएको भए त त्यतिखेर कांग्रेस नै सरकारमा आउनुपर्थ्याे । चाहेको भए देउवाले त्यतिखेर नै धाँधली गर्न सक्थे । तर, उनले हार स्वीकारे, आरोप लगाउने काम गरेनन् । प्रधानमन्त्री पद त्याग्ने बेलामा देउवाले एउटा महत्त्वपूर्ण निर्णय गरेका थिए । जनताको हितमा गरिएको निर्णय केपी ओली प्रधानमन्त्री भएर आउनेबित्तिकै उल्टाइदिए । ७० वर्षबाट घटाएर ६५ वर्षमै ज्येष्ठ नागरिक भत्ता दिने निर्णय गरिएको थियो ।
अर्कोतिर मिर्गौला, क्यान्सर, मेरुदण्डलगायत दीर्घकालीन रोग लागेकालाई मासिक ५ हजार रुपैयाँ दिने भनिएको थियो । यो निर्णयले धेरै गरिब र बिरामीहरु निकै खुशी भएका थिए । बिरामीहरुलाई निकै राहत भएको थियो । पाँच हजारले बिहान बेलुका पेटमा अन्न हाल्न पाइन्छ कि भनेर धेरै हर्षित बनेका थिए । देउवाको निर्णयबाट एमालेकै कार्यकर्ताहरु पनि मख्ख परेका थिए । आफ्नो आन्दोलन सफल हुने भयो भनेर खुशी भएका दीर्घकालीन रोगीहरु एकछिनमै गुपचुप हुन बाध्य भए ।
बुढाबुढीलाई दिएको आश्वासन पनि पुरा गरेनन् । पाँच हजार भत्ता सपनामै बित्यो । त्यहीनिर बुढाबुढीले ओली फटाहा रहेछन् भनेर थाहा पाए । आफ्नो सत्ताको दुरुपयोग गर्दै वालुवाटारमा मन्त्रिपरिषद्को बैठक गर्ने काम उनले गरे । सिंहदरबार आउन भनेपछि ओलीलाई पसिना छुट्थ्यो । यता, पार्टी कार्यालयको बैठक पनि बालुवाटारमै राख्ने, कति आनन्द ! बिरामी हुँदा पनि यहाँ उपचार गर्ने । उपचार गर्ने नाममा सरकारी ढुकुटी सकाएर विदेश जाने ।
बालुवाटार अगाडि चर्को घाममा आन्दोलन गरे । माइतीघरमा भोको पेटमा धर्ना बसे । केका लागि मासिक पाँच हजार भन्दा त्यसले औषधी खान भएपनि हुन्छ भन्नेमा उनीहरु विश्वस्त थिए । ७० वर्षमा दिने भत्ताको उमेर हद घटाउनुपर्छ । भत्ता बढाएर पाँच हजार रुपैयाँ पुर्याउनुपर्छ । सार्वजनिक यातायातमा भाडा छुट दिनुपर्छ भनेर पनि ज्येष्ठ नागरिकहरुले मीनभवनमा धर्ना दिएका थिए । एमालेले यसअघिको स्थानीय र संसदीय चुनावमा मासिक भत्ता बढाइदिने भनेर भोट माग्यो । त्यतिखेर सरकारले ज्येष्ठ नागरिकलाई जम्मा दुई हजार रुपैयाँ दिन्थ्यो । त्यसलाई बढाएर पाँच हजार पु-याउँछाैं भन्ने आश्वासन दिएर मतजति सबै आफ्नो पोल्टामा पार्याे ।
जनताको भोटबाट एमाले पहिलो पार्टी बन्यो । २०७४ फागुन ३ गते ओली प्रधानमन्त्री भए । प्रधानमन्त्री भएलगत्तै देउवाको निर्णय सबै पानीमा बग्यो । ज्येष्ठ नागरिक र दीर्घकालीन रोगीको हितमा गरिएको निर्णय खारेज गरियो । कांग्रेस पार्टी जनतासामु बिक्छ भन्ने डरले यसो गरिएको प्रष्ट बुझिएको छ । त्यो हुनेबित्तिकै जनताको मनमा चिसो पसिसकेको थियो । उसकै कार्यकर्ताहरु नै रुष्ट भइसकेका थिए । चुनावमा देखाउँछौं भनेर जनताले लिएको अठोट आखिरी पुरा गरेरै छाडे । विपक्षीहरुले सरकारको विरोध गरे भने सत्तारूढ दलका सांसद्हरु वा कार्यकर्तालाई ओलीले राम्रो सबक दिए ।
वालुवाटारमा बसेर विपक्षीलाई अरिगंलजस्तो धपाउन र टोक्न निर्देशन दिने पनि ओली नै हुन् । प्रधानमन्त्रीजस्तो पदमा बसेर यस्तो बोल्न नैतिकताले दिन्छ ? बुढाबुढीलाई दिएको आश्वासन पनि पुरा गरेनन् । पाँच हजार भत्ता सपनामै बित्यो । त्यहीनिर बुढाबुढीले ओली फटाहा रहेछन् भनेर थाहा पाए । आफ्नो सत्ताको दुरुपयोग गर्दै वालुवाटारमा मन्त्रिपरिषद्को बैठक गर्ने काम उनले गरे । सिंहदरबार आउन भनेपछि ओलीलाई पसिना छुट्थ्यो । यता, पार्टी कार्यालयको बैठक पनि बालुवाटारमै राख्ने, कति आनन्द ! बिरामी हुँदा पनि यहाँ उपचार गर्ने । उपचार गर्ने नाममा सरकारी ढुकुटी सकाएर विदेश जाने ।
आफू निकट कार्यकर्ताको घेराभित्र बस्ने । उनीहरुले जे भन्यो त्यही गर्ने । माधव नेपाल, झलनाथ खनाल र पुष्पकमल दाहाललाई भेट्न नदिने । उनलाई भेट्नका निम्ति यिनीहरुले घण्टौं प्रतीक्षा गरेका छन् । आफ्नो सरकार टिकाउनका लागि मधेशी दलका सांसद्लाई महेश बस्नेतले घरबाटै बोकेरसमेत ल्याएका छन् । जन्मदिन मनाउने भन्दै जनताले तिरेको करबाट भोज गरे, मोज गरे । नेपालको नक्सा बनाएर केक काटेर खाने कामसमेत नगरिएको होइन । आफ्नो आफन्तलाई मन्त्री र राजदूत नियुक्ति गर्ने । जनताले तिरेको कर पनि आफ्नै क्षेत्रमा लगेर भ्युटावर बनाउने ।
अन्य क्षेत्रका लागि थोपो पनि बजेट नछुट्याउने । कोरोना महामारीका कारण भोकभाकै मरे । महिनौं दिन पैदल यात्रा गरेर आफ्नो गाउँघर फर्किए । तर, उनले केही चासो दिएनन् । मेलम्चीमा त्यत्रो बाढी आयो, पुरा बस्ती नै तहसनहस बन्यो तर त्यहाँ गएर मुन्टो हल्लाउनेबाहेक केही गरेनन् । उखान–टुक्का आउँदैमा देशको प्रधानमन्त्री बनिन्छ, केपी ज्यू ?
एमालेमा बस्नेजति सबै ठग व्यक्तिका रहेछन् भन्ने जनताले बुझिसकेका छन् । अब आउने चुनावमा एमालेसँग जनतासामु जाने नारा छैन । जनतालाई झुक्काउने बहाना पनि छैन । एमाले पार्टीलाई विश्वास गर्ने आधार के ? केही राम्रो काम गरेको छ एमालेले ? चुनाव अघिको फुर्ती र मतपरिणामपछिको स्थिति ठ्याक्कै मिल्दोजुल्दो छ । वैशाख ३० गतेभन्दा अगाडि फाइँफुट्टी लगाउने ओली आज न्याउरो अनुहार लगाएर हिँडेका छन् ।
प्रधानमन्त्री जस्तो पदमा बसेर अलिकति जिम्मेवार बन्नुपर्ने होइन र ? देश र जनताको विषयमा सोच्नुपर्दैन ? कहिले बालुवाटारमा दिनभर बाँसुरी बजाएर बस्ने । हरेकचोटि भाषण दिँदा धम्काउन खोज्ने । आफूजस्तो शक्तिशाली कोही छैनन् भन्ने घमण्ड उनीमा देखिएको थियो । आफ्नो दायाँबायाँ एक दर्जन मान्छे बस्दैमा शक्तिशाली बनिन्छ ? आफूभन्दा शक्तिशाली जनता छन् भनेर सोच्नुपर्ने होइन ? ईश्वर पोखरेल, गोकुल बाँस्कोटा, महेश बस्नेत र सुवास नेम्बाङको पछि लाग्दा ओलीको हालत यस्तो भयो । एमाले पार्टी नै तहसनहस बनेको चाल सबैले पाइसकेका छन् ।
माधव नेपाल र पुष्पकमल दाहाललाई भित्तामा पु-याउन खोज्दा आफू हुत्तिएको ओलीले देखेनन् । जसको कारण आज एमालेको अस्तित्व नै संकटमा परेको छ । विभिन्न रोगीलाई दिने भनेको ५ हजार रुपैयाँ निर्णय भएर राजपत्रमा प्रकाशित भइसकेको छ । सो निर्णय कार्यान्वयनमा गएर उनीहरुले पैसा पाउन पनि सुरु गरिसकेको बताइन्छ । उता ६५ वर्षमा ज्येष्ठ नागरिक भत्ता दिने कुराहरु पनि सुन्नमा आइरहेको छ । जति नै उल्टाउन खोजे पनि राम्रो कामले ठाउँ पाइहाल्यो । एमालेले आफ्नो खुट्टामा आफै बञ्चरो हान्ने काम ग-याे । यो निर्णय नउल्टाएको भए अहिले पनि एमाले पहिलो पार्टी बन्थ्यो । मुलुकमा रोग र गरिब अझै पनि यथावत् छ । हिजोको स्थिति जस्तो थियो आज पनि उनीहरुको अवस्था त्यस्तै छ । जसलाई अलिकति सहयोग गर्न देउवा लागिपरेका छन् । ओलीको बानी व्यवहार सबैले बुझिसकेका छन् । जिते आफ्नो उपलब्धि नजिते धाँधली । यस्तो पनि हुन्छ ? हिजो एमाले जित्दा पनि त्यही व्यक्ति थियो, अहिले पनि उही नै छ ।
आफू पहिलो पार्टी हुँदा एमालेले किन एक शब्द पनि निकालेन । त्यतिखेर पनि धाँधली भयो भनेर बोल्नुपर्थ्यो । एमालेमा बस्नेजति सबै ठग व्यक्तिका रहेछन् भन्ने जनताले बुझिसकेका छन् । अब आउने चुनावमा एमालेसँग जनतासामु जाने नारा छैन । जनतालाई झुक्काउने बहाना पनि छैन । एमाले पार्टीलाई विश्वास गर्ने आधार के ? केही राम्रो काम गरेको छ एमालेले ? चुनाव अघिको फुर्ती र मतपरिणामपछिको स्थिति ठ्याक्कै मिल्दोजुल्दो छ । वैशाख ३० गतेभन्दा अगाडि फाइँफुट्टी लगाउने ओली आज न्याउरो अनुहार लगाएर हिँडेका छन् । पाँच क्विन्टल एकातिर एमाले अर्कोतिर भनेर घमण्ड गर्ने ओलीको केही लागेन ।
एमालेले चुनाव हार्दा खोइ त महेश ? तर, अहिले संसदमा गएर जनताले तिरेको करबाट तलबभत्ता खान र सेवासुविधा दिन महेश बस्नेत, गोकुल बाँस्कोटालगायतका लाई लाज लाग्दैन । ओलीले पनि तलबभत्ता त लिइरहेका छन् नि । यिनीहरु जागिर खान राजनीतिमा आएको जस्तो देखिन्छ । पैसा कमाउन आएका हुन् । अब मंसिरमा हुने चुनावमा एमाले तहसनहस हुने देखिन्छ ।
एमालेबाट नवनिर्वाचित जनप्रतिनिधिहरुले केही गर्न सक्लान् भनेर कसैलाई विश्वास छैन । मोटो रकम लिएर एमालेले टिकट दिएको सबैलाई प्रष्टै थाहा छ । अर्को पाँच वर्षपछिको चुनावमा एमालेले अहिलेको जति सिट पनि हासिल गर्न सक्दैन । पैसाले गरेको राजनीति कति दिन टिक्छ ?
आफू प्रधानमन्त्री पदमा बसिरहन दुईचोटि सांसद विघटन गरे । जनताले पाँच वर्षका निम्ति दिएको जिम्मेवारी तीन वर्ष पनि सम्हाल्न सकेनन् । सरकारले चलाउन र मुलुकमा विकास गर्न नसकेपछि सांसद विघटन गरेकालाई सर्वोच्च अदालतले नतिजा दियो । सर्वोच्च अदालतले प्रधानमन्त्री पदबाट हटाइदियो । सांसद विघटन गर्दा पनि ओली पक्षले त ठिक छ भन्दै हिँडेका थिए । तर, अदालतले त सांसद ब्तायुँताइदियो ।
ओली बालुवाटारबाट बालकोट आउने बेलामा महेश बस्नेतले चारैपट्टिबाट घेरेर ल्याएका थिए । उनले त्यतिखेर माधव नेपाललाई गद्दारसमेत भन्न बाँकी छोडेनन् । एमालेले चुनाव हार्दा खोइ त महेश ? तर, अहिले संसदमा गएर जनताले तिरेको करबाट तलबभत्ता खान र सेवासुविधा दिन महेश बस्नेत, गोकुल बाँस्कोटालगायतका लाई लाज लाग्दैन । ओलीले पनि तलबभत्ता त लिइरहेका छन् नि । यिनीहरु जागिर खान राजनीतिमा आएको जस्तो देखिन्छ । पैसा कमाउन आएका हुन् । अब मंसिरमा हुने चुनावमा एमाले तहसनहस हुने देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
पुष्पाः२ ले फिल्म रिलिज अघि नै १००० करोड कमाउने
बैशाख ८, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
फिल्म ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक
बैशाख ८, २०८१ शनिबार
पर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार