१६ असार २०७९, बिहीबार

स्वाभिमान लघुवित्तले १ लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै

प्रकाशित मिति :  ३१ जेष्ठ २०७९, मंगलवार १२:१७


३१ जेठ, काठमाडौं । स्वाभिमान लघुवित्तले करिब एक लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको छ । लघुवित्तले शेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनी दिने जनाएको छ ।

राष्ट्र बैंकको एकीकृत निर्देशन अनुसार संस्थापक समूहतर्फको शेयर बिक्री गर्दा पहिलो प्राथमिकता कायम संस्थापक सेयरधनीहरुलाई नै दिनुपर्ने हुन्छ ।

इच्छुक संस्थापक शेयरधनीहरुलाई लघुवित्तले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागज प्रमाणसहित किन्न चाहेको शेयर कित्ताको व्यहोरा खुलाइ लिखित निवेदन पेस गर्न अनुरोध गरेको छ ।

तोकिएको अवधिमा पर्याप्त आवेदन नपरे इच्छुक गैरसंस्थापक लगानीकर्तालाई सो संस्थापक समूह तर्फको शयर बिक्री गर्ने बैंकले जनाएको छ ।


286
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा

विपद्ले घेरिएकाे कर्णाली
नेपालबहस संवाददाता


खोलामा बगेर बालक बेपत्ता
नेपालबहस संवाददाता