१ असार, काठमाडौं । मुक्तिनाथ विकास बैंक र पर्वातारोही लाक्पा देण्डी शेर्पा बीच बैंकको सेवा सुविधाको प्रचार एवमं बैंकको सकारात्मक छवि प्रस्तुत गर्ने गरि सम्झौतापत्र हस्ताक्षर गरेका छन् ।
लाक्पा देण्डी शेर्पा एक सफल पर्वातारोही हुन् जस्ले तीन पटक सगरमाथा आरोहण गर्ने सबैभन्दा छिटो समय १० दिन १८ घण्टा ३० मिनेट तय गरेका हुन् जस कारण उनी गिनिज रेकोेर्ड होल्डर पनि हुन् ।
एक कार्यक्रमबीच बैंकको तर्फबाटप्रमुख– बजारीकरण प्रबद्रधन तथा संस्थागत मामिला विभाग बसन्त बक्शी तथा लाक्पा देण्डी शेपाले सम्झौतापत्र हस्ताक्षर गरेका हुन् ।
यस सम्झौतापश्चात लाक्पा देण्डी शेर्पाले बैंकको सेवा सुविधाको प्रचार र बैंकको सकारात्मक छवि प्रस्तुत हुने गरी ब्राण्ड इन्फ्लुएनसर ( Brand Influencer) को रुपमाकार्यहरु निर्वाह गर्नेछन् । उनका आगामी अभियानमा समेत बैंकलाई साथ राख्दै हातेमालो गर्दै अघि बढ्नेछन् ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम काड प्रयोग गरी नेपालभरी रहेको भीसा नेटवर्कमा आवद्ध अन्यजुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३ आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको बैंकले जनाएकाे छ ।