वर्षदेखि जोखिमपूर्णमा भवनमा पठनपाठन
नेपालबहस संवाददाता
असार ३, २०७९ शुक्रबार १७:५५:३८
३ असार, दार्चुला । दुहुँ गाउँपालिका–२ स्थित दह आधारभूत विद्यालयले एक वर्षदेखि जोखिमपूर्णरुपमा विद्यालयमा पठनपाठन गर्दैआएको छ । गत वर्ष भदौ दोस्रो साता गएको बाढीपहिराका कारण सो विद्यालय जोखिमपूर्ण अवस्थामा छ ।
पहिराले पर्खाल भत्काउनुका साथै विद्यालय परिसर आधा कटान गरेको छ । शिशु कक्षादेखि कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयको भवनमा समेत क्षति पुगेको छ । “विद्यालयमा खानेपानी र शौचालयसमेत छैन ।
शौचालय नहुँदा विद्यार्थी र शिक्षक खोलामा गएर शौच गर्नुपर्ने बाध्यता छ”, प्रधानाध्यापक जङ्गबहादुर बमले भने । भवनको वरपर पहिरो गएको छ । “अहिले जोखिमपूर्ण अवस्थामा पठनपाठन गर्दैछौँ”, बमले भने ।
विद्यालयमा हाल ७७ विद्यार्थी अध्ययनरत छन् । अघिल्लो शैक्षिकसत्रमा १२० भन्दा बढी विद्यार्थी अध्यनरत थिए । “बाढीपहिरोपछि नरुली र बत्थोली गाउँबाट विद्यार्थी आउन मानेका छैनन्”, प्रअ बमले भने ।
बाटोघाटो अभावका कारण पनि विद्यार्थी आउन मानेका छैनन् । खेलमैदान नहुँदा विद्यार्थीलाई खेल्न समस्या भएको छ । विद्यालयमा हाल तीन शिक्षक कार्यरत छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुगुमा भर्नासँगै विद्यार्थीका हातमा पाठ्यपुस्तक
चैत २५, २०८० आइतबार
बागलुङका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै
चैत २५, २०८० आइतबार
एसईई दिएर बसेका विपन्न परिवारका विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम
चैत २५, २०८० आइतबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
पोखरामा सवारी दुर्घटना हुँदा पोखरामा ८ चिनियाँ घाइते
बैशाख ६, २०८१ बिहिबार
अन्योलताका बीच आज कोशी प्रदेशसभा अविधेशन
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीलाई समर्थन दिनेबारे एमाले अझै मौन
बैशाख ६, २०८१ बिहिबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार