१६ असार २०७९, बिहीबार

अब टुटल, पठाओजस्ता राइड सेयरिङ कम्पनी अनिवार्य दर्ता हुनुपर्ने

प्रकाशित मिति :  ३ असार २०७९, शुक्रबार १२:०२


३ असार, काठमाडौं । राइड सेयरिङ सेवा उपलब्ध गराउने कम्पनीले अब बागमती प्रदेश सरकारअन्तर्गत यातायात कार्यालयमा दर्ता हुनुपर्ने भएको छ ।

बागमती प्रदेश सरकारले आर्थिक विधेयकमार्फत टुटल, पठाओजस्ता राइड सेयरिङ कम्पनीलाई समेट्दै आगामी चैत मसान्तभित्र अनुमति लिइसक्नुपर्ने जनाइएको छ ।

विद्युतीय सूचना प्रणाली ‘एप’मार्फत दुई पांग्रे सवारीमात्रै प्रयोग गरी भाडामा यात्रु बोक्ने कम्पनीको दर्ता शुल्क २५ हजार रुपैयाँ तोकिएको छ भने चारपाँग्रेमार्फत सेवा दिने कम्पनीले ५० हजार बुझाउनुपर्नेछ ।

एपमार्फत दुई पांग्रे र चार पांग्रे दुवै सवारी भाडामा उपलब्ध गराउने कम्पनीको दर्ता शुल्क ७० हजार रुपैयाँ तोकिएको छ ।


169
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा
विपद्ले घेरिएकाे कर्णाली
नेपालबहस संवाददाता


खोलामा बगेर बालक बेपत्ता
नेपालबहस संवाददाता