१६ असार २०७९, बिहीबार

साइबर सेक्युरिटी सम्बन्धी कार्यक्रममा हुवावेले सहकार्य गर्ने

प्रकाशित मिति :  ३ असार २०७९, शुक्रबार १४:४३


३ असार, काठमाडौं । साइबर सेक्युरिटी सम्बन्धी कार्यक्रमकाे सहकार्य हुवावेले गर्ने भएकाे छ । हुवावेको मुख्य प्रायोजनमा साइबर सेक्युरिटी सम्बन्धी कार्यक्रम हुने भएपछि कार्यक्रमकाे सहकार्य हुवावेले गर्ने जनाएकाे हाे ।

नेपालको पहिलो साइबर सेक्युरिटी रिसर्च संस्था सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन ‘सिएसआरआई’, हो । यो संस्थाले नेपालको सूचना सञ्चार तथा प्रविधि र साइबर सुरक्षा क्षेत्रमा खोज, अनुसन्धान, नवप्रवर्तन, तालिम तथा सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।

यसै सन्दर्भमा असार २ गते बिहीबारका दिन यस संस्थाका अध्यक्ष प्रा.डा. सुवर्ण शाक्य, उपाध्यक्ष मिलन राज नेपाली, निवर्तमान अध्यक्ष तथा इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल ‘एनपीसर्ट’ का अध्यक्ष चिरञ्जिवी अधिकारी र एनपीसर्टका सदस्य सुरेश भण्डारीले हुवावे इन्टरनेसनल सिङ्गापुरका ग्लोबल पब्लिक सर्विसेस इन्डस्ट्रि एक्स्पर्ट  प्याट्रिक लो बेन्ग ची र हुवावे नेपालका प्रतिनिधी सुप्रलराज जोशीलाई औपचारिक भेटघाट तथा छलफल गरी सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसनले आयोजना गर्ने आगामी साइबर सेक्युरिटी सम्बन्धी कार्यक्रमको बारेमा सहकार्य गर्ने भएकाे बताइएकाे छ ।

Multi-Stakeholder Discussion on Cyber Security Policy and Processes नामक सो कार्यक्रमको मुख्य आयोजक सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन र इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल सह-आयोजक हुने हुवावेले जनाएकाे छ । छलफलमा अध्यक्ष शाक्यले चीलाई नेपालमा स्वागत गर्दै सिएसआरआईको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गरेकाे हुवावेले जनाएकाे छ ।


312
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा

विपद्ले घेरिएकाे कर्णाली
नेपालबहस संवाददाता


खोलामा बगेर बालक बेपत्ता
नेपालबहस संवाददाता