१६ असार २०७९, बिहीबार
स्वास्थ्य समाचार

के तपाई जीवनमा सफलता र समृद्धि चाहानु हुन्छ ?

स्वस्थ जीवनका लागि, सन्तुलित आहार : डाइटिसिएन सिंह

प्रकाशित मिति :  ३ असार २०७९, शुक्रबार १७:०२


३ असार, बीरगञ्ज । जीवनमा सफलता र समृद्धि चाहने व्यक्तिले आफ्नो स्वास्थ्यप्रति गम्भीर हुनै पर्ने मधेश प्रदेश कै पहिलो डाइटिसियन नारायणी अस्पतालमा कार्यरत डा. निशा सिंह बताउछिन । स्वास्थ्य भन्नाले सामान्य बुझाइमा निरोगी हुनुलाई लिइन्छ । तर स्वास्थ्यको व्यापक अर्थ छ । सन्तुलित आहार यस्तो आहार हो जसमा हाम्रो शरीरलाई स्वस्थ राख्नको लागि आवश्यक पर्ने विभिन्न पौष्टिक तत्वहरू समावेश भएको हुन्छ ।

पोषक पदार्थ भन्नाले एक पूर्ण खाद्य पदार्थ हो जसमा कार्बोहाइड्रेट, प्रोटीन, फ्याट ‘बोसो’, चिल्लो पदार्थ, पानी, भिटामिन र खनिज पदार्थहरू समाबेश हुन्छ । सबैले आ–आफ्नो क्षमता अनुसार राम्रो खाना खान्छन, तर पनि त्यस्ता व्यक्तिहरू मध्ये केही चाँडै बिरामी हुन्छन । यसको कारण भनेको खाने खाना सन्तुलित आहार नहुनु हो ।

सन्तुलित आहारमा हामी हरियो तरकारी, फलफुलआदि समावेश गर्दछौँ, जसले हाम्रो शरीरको धेरै महत्वपूर्ण काम गर्छ । मधेश प्रदेशकै पहिलो डाईटिसियन नारायणी अस्पतालमा विगत ४ बर्ष देखी कार्यरत डा. निशा सिंहसँग स्वस्थ खानपानका बारेमा गरिएको कुराकानी ।

कस्ताे खानालाई स्वस्थ आहार भन्ने, बताई दिनुस न ?

शरीरलाई फाइदा गर्ने र रोग लाग्नबाट बचाउने खानालाई स्वस्थ आहार भन्निछ । वनस्पतिबाट प्राप्त हुने प्राकृतिक खानेकुराहरुलाई स्वस्थ आहार मानिन्छ । जस्तैः हरियो सागसब्जी, फलफुल र रेसादार खानेकुराहरु ।

यस्ता खानेकुराहरुलाईति प्राकृतिक रुपमा खान सकिन्छ, त्यति नैलाभकारी मानिन्छ । नुन, चिनी र चिल्लो हालेर पकाइएको साजसब्जी वा फलफुल फाइदाकारक नहुन सक्छ । प्राकृतिक खानेकुराहरुलाई सकेसम्म ताजा अवस्थामै अवस्थामा खानु राम्रो हुन्छ ।

कति उमेरसमुहका मानिसलाई कति कति वेला खानेकुरा खानुपर्छ ?

हामीले खाने खानामा सवै चिजको मात्रा हुनुपर्छ । खानामा सागसब्जी दाल प्रोटिन कार्बोहाइड्रेटयुक्त सम्पुर्ण खाने कुराहरु समय तालिका मिलाएर खानुपर्छ ।

सवै मानिसलाई स्वास्थ्य बस्नका लागि कमसेकम दिनमा ३ पटक खानेकुरा खानुपर्छ । हामीले खाना खादा विहानको खाना अलि हेल्दि खानुपर्छ र दिउसो १ देखि ३ बजेको विचमा नास्ता खानुपर्छ । रातिको खानाहल्का खानुपर्छ । स्वस्थ आहारका ६ वटा प्रमुख पक्षहरु हुन्छन् ।

स्वस्थ आहारको बारेमा बुझ्न सबभन्दा पहिला अस्वस्थ आहारको बारैमा बुभ्नु जरुरी हुन्छ । खानामा अस्वस्थ आहार नहुनु नै स्वस्थ आहारको पहिलो आवश्यकता बुझ्न सकिन्छ । जस्तै कम गुलियो, कम नुनिलो र कम चिल्लो खानालाई स्वस्थ आहार भन्न मिल्छ । साथै साग सब्जी, फलफुल र रेसादार खानाको प्रशस्त प्रयोग स्वस्थ आहारको अर्को महत्वपूर्ण पक्ष हो ।

छ प्रकारका आहारहरु के के हुन ?

कार्बोहाइड्रेट, पलर्सस, मिनिरल्स, फ्याट एण्ड वाइल सुगर एण्ड ज्याकिफ्रुट, फुड एण्ड भेजिटेवल सवै थोक हाम्रो खानामा सामिल हुनुपर्छ । हामीहरुको बानी के छ भने दाल, भात मात्रै खाइ दिए भैहाल्छ नी जस्ता कुराहरु हुन्छन । जस्तै हाम्रो शरीरमा प्रोटिनको मात्रा पनि बढी मात्रामा चाहिन्छ ।

माछा, मासु खानेलाई माछा, मासु खाएर प्रशस्त मात्रामा प्रोटिन प्राप्त गर्छन तर जो मानिस साकाहारी छन । उहाँहरुको लागि प्रशस्त मात्रामा दाल, दुध र पनिर जस्ता खानेकुराहरु खानु आवश्यक छ ।

मानिसलाई स्वस्थ्य रहनका लागि कस्तो खानपानको आवश्यकता पर्छ ?

अहिले आएर हाम्रो समाजमा खानपानमा जगरुक भएका छन । कतिपय मानिसहरु सल्लाह सुझाव लिन आउनु हुन्छ । बच्चाहरुको लागि १ हजार देखि १२ हजार सम्म क्यालोरी भएका खानेकुराहरु खुवाउनु पर्छ । दैनिक सन्तुलित आहार खाने गर्नुपर्छ । विशेष गरेर मधुमेह रोगीहरुलाई खान दिनुपर्दछ । पहिलेको तुलनामा अहिले मानिसमा धेरै नै बुझ्ने र समझदार भै सकेको छन ।

हामीले दैनिक दिनचर्यामा खानपानमा ध्यान नदिएका कारणले धेरै जसो मानिसलाई मधुमेह रोग लागि सकेको छ । मधुमेह यस्तो रोग हो की मानिसको शरीर भित्र ३र४ थरीका रोगहरु निम्त्याइदिन्छ । यस्तो हुनुमा विशेष त खानपानको गढ्बडीको कारणले गर्दा नै हो । मानिसमा खानपान र भागदौडको कारणले गर्दा मानिसमा खाने बस्नेको कुनै समय नभएको कारणले गर्दा विभिन्न रोगहरु लागि रहेको छन ।

पहिलेका हाम्रा पुर्खाहरु धेरै उमेर सम्म बाच्ने गरेका थिए । अहिले हाम्रा पालामा ५०र६० वर्षामा नै मान्छेहरु मर्ने गरेको पाइन्छ । यी सब हुनुमा विशेष गरेर खानपानको गडबडीको कारणले नै हुने गर्छ । जस्तै जिम गर्दा गर्दै मानिसहरु प्राय हार्टअट्याक भएर मर्ने गरेको छन ।

यो कसरी हुन्छ भन्दा जिम गर्ने मानिसहरु बढी मात्रामा प्रोटिन युक्क्त खानेकुरा मात्रै खान्छन र अरु सवैलाई बन्द गरी दिन्छन । यसकारणले हाम्रो शरीरमा प्रत्यक्ष वा अप्रत्यक्ष असरहरु परि रहेको हुन्छन । त्यस कारण सानै उमेर देखिनै विशेष गरेर खानपानमा ध्यान दिनु पर्छ ।

मधेश प्रदेश कै पहिलो डाइटिसियन हुनुहुन्छ ? बढी मात्रामा महिला वा पुरुष कस्ता व्यक्तिहरु आउने गरेका छन ?

विशेष गरेर पुरुष भन्दा महिलाहरु आउने गरेका छन । बढी मात्रामा मधुमेह रोगी ३० वर्ष देखि ६० वर्ष उमेर समुहका बढी मात्रामा आउने गरेका छन । विगत १० वर्ष देखि थाइराइड रोग धेरै मात्रामा भएको छ । १० महिलाको जाँच गर्दा र ७ जनामा थाइराइड रोग भएको पाइएको छ ।

अचेल मानिसहरु समझ्दार भएर केहि रोग नहुदा पनि आफु तन्दुरुस्त ‘फिटनेस’ रहनका लागी पनि सल्लाह लिन आउनुहुन्छ । जस्तै दुब्लो मानिसहरु म कसरी मोटाउन सक्छु र मोटोमानिसहरु म कसरी दुब्लाउन सक्छु भनेर बढी मात्रामा आउने गरेको छन ।

आफ्ना बच्चाको लागि उचाइ योजना र दिमाग वृद्धिको विषयमा पनि बढी मात्रामा चासो राखेर सोध्ने गरेका छन । बढी मात्रामा गाउँतिरको मानिसहरु आउने गर्छन । शिक्षित मान्छे भन्दा पनि गाउँतिर बाट आएका मानिसहरु हाम्रो सल्लाह सुझालाई एकदमै राम्रो सँग प्रयोग गरीदिनु हुन्छ एकदमै खुसि लाग्छ ।

तपाईले सेवा दिइरहदाको अवसर र चुनौति कस्ता कस्ता किसीमका आउने गरेका छन ?

छिमेकी देश भारतको रक्सौलबाट एउटा महिला आउनु भएको थियो । उहाँको वजन ९४ के।जी को थियो उचाइ ५।२ इन्च मात्र थियो उहाँको उचाई


312
Shares
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्याममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकामा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा

खोलामा बगेर बालक बेपत्ता
नेपालबहस संवाददाता