११ असार २०७९, शनिबार

पूर्वमाओवादीहरु एक ठाउँमा आउने योभन्दा उत्तम समय फेरी आउँदैनः प्रचण्ड

प्रकाशित मिति :  ५ असार २०७९, आईतवार ११:५१


५ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले उपयुक्त समय आएको भन्दै विगतमा फुटेर गएका सबै पूर्वमाओवादीहरूलाई एक ठाउँमा आउन आग्रह गरेका छन् । उनले सबैलाई एकठाउँमा आउने वातावरण आफुले बनाइदिएको वादी पनि गरेका छन् ।

पार्टी निकट कर्मचारी संगठन नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समिति बैठकलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विभाजनलाई निषेध गर्नुपर्ने बताए । उनले अहिले सबै एकत्रित हुने समय आएकाले अब चाँडै पूर्वमाओवादीहरू एक ठाउँमा आउने दावी गरे ।

प्रचण्डले आन्दोलनबाट प्राप्त उपलब्धिलाई उल्टाउने षड्यन्त्र भइरहेको बताए । परिवर्तनकारी शक्तिहरू एक हुनुपर्नेमा जोड दिदै उनले भने,‘संघीयतालाई उल्ट्याएर यसलाई कमजरोर बनाउने प्रयास भइरहेको छ । आन्दोलनबाट लडेर ल्याएको यो परिवर्तनलाई संस्थागत गर्दै यसमा टेकेर थप अगाडि बढ्ने र संविधानलाई थप परिमार्जित गर्ने संघर्षमा हामी जानुपर्छ ।’

अध्यक्ष प्रचण्डले अहिलेको परिवर्तनमा कर्मचारीहरूको पनि उल्लेख्य भूमिका रहेको भन्दै कर्मचारीलाई राजनीतिकरूपमा संगठित हुने अधिकार रहेको बताए । कर्मचारीहरुलाई पनि संगठित हुने, आन्दोलित हुने राजनीतिक रुपले प्रशिक्षित हुने अधिकार भएको भन्दै उनले परिवर्तन विरोधीहरू कर्मचारी संगठित भएको देख्न नचाहने बताए ।


520
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा