१६ असार २०७९, बिहीबार

इसेवाको धमाका अफर, बैंक एकाउन्ट लिंक गरि कारोबार गर्दा ५५ रुपैयाँ क्यासब्याक

प्रकाशित मिति :  ५ असार २०७९, आईतवार ११:३२


५ असार, काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले “५५ मिनेटको धमाका अफर सार्बजनिक गरेको छ । यस अफर अन्तरगत असार ५ गते आइतबार बैंक एकाण्न्टललिंक गरि कारोबार गर्दा रु ५५ क्यासब्याक पाइने छ ।

आइतबार साँझ ५ः०५ बजेदेखि साँझ ५ः५५ सम्म एकाउण्ट लिंक मार्फत कारोबार गर्दा रु ५५ क्यासब्याक पाइने बताएको छ । इसेवाले आम ग्राहकहरुले घरमै बसेर कारोबार गर्न सकुन् भन्ने उदेश्यले यो योजना सार्बजनिक गरेको हो । यस योजनामा सहभाागी हुन एकाउन्ट लिंक गरि कारोबार गर्नुपर्नेछ भने एकाउण्ट भेरिफाइ भएको हुनुपर्नेछ ।

इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिने सूचना तथा सञ्चार शाखा इसेवा फोनपे प्रा.लि. ले जनाएको छ ।


130
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा

विपद्ले घेरिएकाे कर्णाली
नेपालबहस संवाददाता


खोलामा बगेर बालक बेपत्ता
नेपालबहस संवाददाता