१६ असार २०७९, बिहीबार
रमाइलो संसार

रामजी राउतको निर्देशनमा वेब सिरिज ‘सन्ध्या’ बन्दै

प्रकाशित मिति :  ५ असार २०७९, आईतवार १२:४५


५ असार, काठमाडौं ।  निर्देशक रामजी राउतको निर्देशनमा वेब सिरिज ‘सन्ध्या’ निर्माण हुने भएको छ । आइतबार भद्रकाली मन्दिरमा सिरिजको मुहुर्तसँगै निर्माण घोषणा गरिएको हो । सिरिजको सोमबारबाट मकवानपुरको चित्लाङबाट छायांकन हुँदैछ ।

सिरिजमा नीर शाह, शोभित बस्नेत, दयाराम दाहल, हिउँवाला गौतम, गीता नेपाल, सरिता भण्डारी, लक्ष्मीनाथ शर्मा, धर्मेन्द्र आचार्य, भीमा मैनाली, सुन्दर लामिछाने, कन्दिप कँडेल, आशा पाण्डे र बाल कलाकार एलेक्स खड्को अभिनय रहनेछ ।

वेब सिरिजमा सुदीप पौडेल र कृष्ण कार्कीको लगानी हुनेछ । जया ओझाको लेखन र राहुल राईको छायांकन हुने सिरिजमा लोकश थापाको मेकअप, प्रकाश थापाको प्रोडक्सन डिजाइन, जयराम चालिसेको मुख्य सहायक निर्देशन र नविन निरौलाको सम्पादन रहनेछ ।


273
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा

विपद्ले घेरिएकाे कर्णाली
नेपालबहस संवाददाता


खोलामा बगेर बालक बेपत्ता
नेपालबहस संवाददाता