११ असार २०७९, शनिबार
समाज

सासुससुराको राम्रो हेरचाह गर्ने बुहारीलाई लमजुङमा सम्मान

प्रकाशित मिति :  ५ असार २०७९, आईतवार १५:२१


५ असार, लमजुङ । वृद्ध सासुससुराको राम्रो हेरचाह गर्ने बुहारीहरूलाई लमजुङमा सम्मान गरिएको छ । ज्येष्ठ नागरिक समाज, भोटेओडारको नवौँ साधारण सभाको अवसरमा आइतबार आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो ।

आफ्ना वृद्ध सासुससुरालाई राम्रो व्यवहार, हेरचाह, स्याहारसुसार गर्ने बुहारीहरूलाई सम्मानित गरिएको समाजका अध्यक्ष नारायणबहादुर कुँवरले बताए । सुन्दरबजार नगरपालिका–९ की रविकला अधिकारी, मधु आचार्य खनाल

र लक्ष्मी भुजेललाई सम्मान पत्रसहित दोसल्ला ओढाइ सम्मान गरिएको हो । यस्तै, सुन्दरबजार नगरपालिका(९ की पूर्णकुमारी अधिकारी र चन्द्री गुरुङलाई पनि समाजले सम्मानित गरेको छ ।

कार्यक्रमको अवसरमा समाजले ७९ वर्षदेखि ९० वर्ष उमेर समूहका २० जना वृद्धवृद्धालाई दोसल्ला ओढाइ लौरो, टर्च लाइट र च्यवनप्रास प्रदान गरिएको छ । समाजमा सुन्दरबजार नगरपालिका(८ र ९ का गरी ७३ जना ज्येष्ठ नागरिक आवद्ध छन् ।


208
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा