बालबालिकाको खाजा : किन गरिँदैछ बेवास्ता ?
नेपालबहस संवाददाता
असार ५, २०७९ आइतबार २१:३७:२८
♦ डा. अरुणा उप्रेती
अभिभावकहरूले माया गरेर दिने वा बालबालिका आफैंले किनेर खाजाको रूपमा खाने चाउचाउ कुरमुरे, सेता पाउरोटी आदि मन्द विष हुन् । यस्ता खानाले ठूला–साना सबै व्यक्तिलाई हानि गर्छ । ससाना बालबालिकाको लागि त झन् खराब हानिकारक छ । किनभने यस्ता चाउचाउ, कुरमुरे आदिमा शरीरलाई चाहिने पौष्टिक तत्त्व प्रोटिन, लौहतत्व, क्याल्सियम केही पाइँदैनन् । त्यसैले यस्तो वस्तु खानाले बालबालिकामा पोषणको कमी हुन्छ ।
यस्तो वस्तु बनाउँदा प्रयोग गरिने मैदाले पनि स्वास्थ्य खराब गर्छ । यस्ता खानेकुरा बनाउन प्रयोग गरिने तेल कम गुणस्तरको र बारम्बार तताइएको हुन्छ। यस्तो तेलले क्यान्सरसमेत हुन सक्छ। त्यसैले बजारका तयारी पाकेट–बन्द खानेकुरा नखानु नै उत्तम हुन्छ ।
पत्रुखाना भनेको काम नलाग्ने, फाल्न लायक खाद्यवस्तु हुन् तर यही पत्रु खाना हाम्रा बालबालिकाको पेटमा परेपछि उनीहरूलाई यसले कति खराब गर्दो हो भन्ने कुरा आमाबुबाले सोचेका हुँदैनन् । प्राय: आमाबुबाले समयको बचत हुन्छ भनेर बालबालिकाका लागि खाजा पकाउन अल्छी गर्छन् । अनि बालबालिकालाई फकाउँदै पैसा दिएर बजारको तयारी खाजा किन्न उक्साउँछन् । यसो गर्दा बाबुआमा पनि मख्ख । एकछिनको अल्छीले सन्तान कुपोषित भई बिरामी हुन पुग्छन् । बिरामी भएपछि औषधिउपचार गर्दा समय र धन दुवै खर्च हुन्छ । त्यसैले पहिलेदेखि नै घरको खाना खाएर स्वस्थ भएको बेस हुन्छ ।
पत्रुखाना भनेको काम नलाग्ने, फाल्न लायक खाद्यवस्तु हुन् तर यही पत्रु खाना हाम्रा बालबालिकाको पेटमा परेपछि उनीहरूलाई यसले कति खराब गर्दो हो भन्ने कुरा आमाबुबाले सोचेका हुँदैनन् ।
अभिभावकको बेवास्ता
पत्रु खानाले बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्यमा नराम्रो असर गर्छ भनेर नै स्वास्थ्य मन्त्रालयका साथै शिक्षा मन्त्रालयले समेत समयमा चाउचाउ, चिप्स, कुरकुरेजस्ता वस्तुहरू स्कुलमा खाजाका रूपमा लैजान र स्कुलमा बेचबिखन गर्न प्रतिबन्ध लगाउने कोसिस गरेको छ । यसले गर्दा कतिपय स्कुलमा शिक्षक शिक्षिकाले बालबालिकालाई घरबाट नै खाजा लिएर आउनुपर्छ भनी सिकाएका छन् । अनि बालबालिकाले घरबाट चिउरा, चना, आलु, रोटी आदि लिएर आउन थालेका छन् तर अझै कतिपय स्कुलमा शिक्षकले आफ्ना विद्यार्थीले खाजा के खान्छन् भन्ने कुरामा खासै वास्ता गरेको पाइँदैन ।
अभिभावकले समेत आफ्ना छोराछोरीले स्कुलमा खाने खाजाका बारेमा चासो दिने गरेको पाइँदैन । कुनै आमाबुबाले खाजा खान पैसा त दिन्छन् तर त्यो पैसाले स्वस्थकर खाजा खाएको छ कि छैन भन्नेबारेमा वास्ता गर्दैनन् ।
हुन त ग्रामीण स्वास्थ्य सेवा गुठीले सिन्धुपाल्चोक र काठमाडौंका ६० वटा जति स्कुलमा पत्रु खानाको विरुद्धमा कार्यक्रम नै चलाएको थियो । दुई वर्षसम्म चलेको त्यो कार्यक्रमको मूल्याङ्कन गर्दा स्कूलका विद्यार्थी र शिक्षकहरूलाई पनि पोषण सम्बन्धी धेरै चेतना आएको महसुस भने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगरिब देशमा नेस्लेले चिनीको मात्रा बढी भएका सेरेलक र मिल्क पाउडर बेचिरहेको दाबी
बैशाख ६, २०८१ बिहिबार
बालबालिकाका लागि ‘डिजिटल लिटेरेसी’ के हो, यो किन महत्वपूर्ण छ ?
बैशाख ५, २०८१ बुधबार
महिलाले राम्रो स्वास्थ्यका लागि ख्याल गर्नुपर्ने कुरा के हुन् ?
चैत ३०, २०८० शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वीरगञ्जमा व्यापारी कुशवाह र गुप्ताको गोदामबाट सवा १ करोडका कपडा बरामद
बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार