सुदूरमा मनसुनी वायु भित्रन अझै केही दिन लाग्ने
नेपालबहस संवाददाता
असार ५, २०७९ आइतबार २२:२६:११
♦ मोहन जोशी
५ असार, धनगढी । सुदूरपश्चिममा मनसुनी वायु भित्रन अझै केही दिन लाग्ने देखिएको छ । देशको पुर्वी क्षेत्रबाट भित्रिएको मनसुन आइतबारसम्म गण्डकी प्रदेशमा भित्रिएको छ । तर, सो मनसुन सुदूरपश्चिममा भित्रन भने अझै केहि दिन लाग्न सक्ने जल तथा मौसम पुर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताए । मनसुन कहिले छिटो सर्ने र कहिले एउटै ठाउँमा रोकिरहने हुँदा सुदूरपश्चिममा कहिलेसम्म मनसुनी वायू सक्रिय हुन्छ भन्ने बारेमा भन्न नसकिने उनले बताए । तर, यसै साताभित्रै सुदूरपश्चिममा मनसुनी वायु भित्रिने उनको अनुमान छ ।
‘मनसुनी वायु गण्डकी प्रदेशसम्म पुगे पनि सुदूरपश्चिममा पुग्न भने अझै केही दिन लाग्ने देखिन्छ,’ मौसमविद् प्रधानाङ्गले भने, ‘छिनछिनमा मनसुनको गति परिवर्तन हुने हुँदा ठ्याक्कै दिन तोक्न भने सकिदैन, तर यसै साताभित्र सुदूरपश्चिममा वर्षा हुनेछ ।’ उनले यसै हप्ताको मंगलबार देखि बिहीबार सम्म सुदूरपश्चिममा मनसुनी वायु भित्रिने अनुमान गरिएको बताए ।
सुदूरपश्चिममा मनसुनी वायु नभित्रिए पनि पहाडी क्षेत्रमा वर्षा र तराईमा केही दिन बदली हुने मौसम पूर्वानुमान छ । कैलालीमा बिहीबारदेखि नै बदली रहेको र सोमबार पनि बदली हुने अनुमान गरिएको मौसमविद् प्रधानाङ्गले बताए ।
सुदूरपश्चिममा पश्चिमी वायु सक्रिय रहेका कारण प्रदेशका पहाडी क्षेत्रमा वर्षा हुने र तराईमा आंसिकदेखि पूर्ण बदली हुने सम्भावना रहेको उनले बताए । ‘पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिमका पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना छ,’ उनले भने, ‘तराईमा वर्षाको सम्भावना न्यून छ, केही दिन आंसिकदेखि पूर्ण बदली हुने देखिन्छ, जसका कारण तापक्रम स्थिर रहन सक्छ ।’
सुरु नै भएन रोपाई
सुदूरपश्चिममा समयमै वर्षा नहुँदा यस वर्ष धान रोपाई हुन सकेको छैन । सुदूरपश्चिममा अन्नको भण्डार मानिने कैलाली कञ्चनपुरमा सिंचाई सुविधा नहुँदा आकासे पानीको भरमा रोपाई सुरु गर्नुपर्ने अवस्था छ । कैलालीमा ६० प्रतिशत खेतीयोग्य जमिनमा सिंचाई सुविधा पुगेको छैन । कैलालीमा ७१ हजार हेक्टर क्षेत्रफल जमिनमा धान खेती गरिँदै आएको छ । कञ्चनपुरमा करिब ४७ हजार हेक्टर क्षेत्रफल जमिनमा धानखेती गरिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बैशाख ११, २०८१ मंगलबार
मुख्यमन्त्री सोडारीविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अश्विकार
बैशाख १०, २०८१ सोमबार
सोडारीविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार