रेस्टुरेन्टमा आलियाको तस्बिरले हंगामा
नेपालबहस संवाददाता
असार ५, २०७९ आइतबार २२:७:६
५ असार, एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्ट स्टारर फिल्म ‘गंगूबाई काठियावाडी’ विश्वभरका दर्शकले मन पराए । फिल्मको सुरुवाती दृश्य होस् वा क्लाइमेक्स या कुनै अन्य दृश्य नै किन नहोस्, सबै दृश्यमा एक यौनकर्मीको संघर्ष देखाइएको थियो ।
फिल्ममा एक दृश्य छ, जहाँ गंगूबाई बनेकी आलियाले कोठी बाहिर ग्राहकलाई बोलाउँछिन् । यही दृश्यको तस्बिरले पाकिस्तानमा हंगामा भएको छ ।
पाकिस्तानको एक रेस्टुरेन्टले आफ्नो मार्केटिङका लागि आलियाले ग्राहक बोलाउँदै गरेको तस्बिर प्रयोग गरेपछि त्यसको तीव्र आलोचना भएको छ ।
‘आउन राजा–किन पर्खिरहेका छौ ? आउनु र सोमबार झुलनमा पुरुषका लागि दिइने मूल्यमा २५ प्रतिशत छुटको लाभ उठाउनु’, रेस्टुरेन्टले आफ्नो विज्ञापनमा लेखेको छ ।
रेस्टुरेन्टले ग्राहकलाई आकर्षित गर्न नयाँ तरिका अपनाए पनि ‘गंगुबाई काठियावाडी’बाट आलियाको तस्बिर राखेकोमा सबैले आपत्ति जनाएका छन् ।
रेस्टुरेन्टको यो शैलीप्रति सामाजिक सञ्जालमा तीव्र आलोचना भएको छ । ‘तपाईं विज्ञापनका लागि यति पीडादायक दृश्य कसरी प्रयोग गर्न सक्नुहुन्छ ?’ एक प्रयोगकर्ताले लेखेका छन् ।
त्यस्तै अर्का प्रयोगकर्ताले ‘तपाईं मानिसहरूलाई किन गलत सन्देश दिनुहुन्छ ? यो निकै खराब बजार रणनीति हो’ भनी लेखेका छन् ।
आफ्नो मार्केटिङ नीतिप्रति तीव्र आलोचना भएपछि रेस्टुरेन्टले स्पष्टीकरण दिएको छ । उसले कराँचीमा प्रकाशित पत्रिकाको कटिङ सेयर गर्दै ‘यो एक अवधारणा मात्र हो ।
कसैको भावनामा आहत गर्नु हाम्रो उद्देश्य थिएन । यो फिल्म र यो पोस्ट एक कन्सेप्टमा आधारित छ । पहिलेको जस्तै हाम्रो रेस्टुरेन्ट सबैका लागि खुला छ र हामी त्यही प्रेमले सबैलाई सेवा दिन्छौं’ भनी लेखेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘टाइटानिक’ मा हिरोइन बचाउने ढोकाको लिलामी
चैत १५, २०८० बिहिबार
सिद्धार्थ र अदिति विवाह बन्धनमा बाँधिए
चैत १४, २०८० बुधबार
ऋतिकको सुपरहिरो थ्रिलर फिल्म क्रिस ४ को तयारी सुरु
चैत १४, २०८० बुधबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार