११ असार २०७९, शनिबार

नेपाल राष्ट्रिय कर्मचारी महासंघको अध्यक्षमा श्रेष्ठ

प्रकाशित मिति :  ५ असार २०७९, आईतवार १६:४६


५ असार, काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)  सम्बद्ध नेपाल राष्ट्रिय कर्मचारी महासंघको अध्यक्षमा मणिरत्न श्रेष्ठ चयन भएका छन् । राजधानीमा शनिबारदेखि जारी केन्द्रीय समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । यस्तै महासचिवमा प्रेम खनाल चयन भएका छन् ।

महासंघले आगामी माघमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । महासंघको कूल १५५ सदस्यीय केन्द्रीय समिति रहेको छ । स्थानीय र प्रदेश समिति पनि छिट्टै चयन गर्ने महासंघले जनाएको छ ।

आज बिहान मात्रै माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै कर्मचारीलाई देश र जनताको हितमा काम गर्न निर्देशन दिएका थिए । उनले संघीय निजामती विधेयक पारित हुन नदिन निजामती कर्मचारी भित्रैको उच्च नेतृत्व लागिपरेकाले त्यसकाविरुद्ध संघर्ष गर्न आग्रह गरेका थिए ।

महासंघका फ्याक्सन इंचार्जसमेत रहेका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देश र जनताको हित र भलो चिताइ आफ्नो भूमिका इमान्दार भएर निर्वाह गर्न कर्मचारीलाई निर्देशन दिएका थिए । देशभरका कर्मचारीको ट्रेड युनियनमध्ये महासंघ पनि एक हो ।


91
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा