११ असार २०७९, शनिबार

जिसस बैठकको निर्णय : नयाँ गाडी र पाहुना घर चाहियो

प्रकाशित मिति :  ५ असार २०७९, आईतवार १७:१५


बैतडी, ५ असार ।  जिल्ला समन्वय समिति बैतडीले प्रदेश र संघीय सरकारसँग आवतजावतको लागि गाडी उपलब्ध गराई पाउँ भनि अनुरोध गर्ने निर्णय गरेको छ ।

जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्र धामीको अध्यक्षतामा आइतबार बसेको पहिलो बैठकले यस्तो निर्णय भएको हो । समन्वय समितिको कार्यालयमा उपलब्ध सवारी साधनहरू

बिग्रन लागेको र कामकाजका लागि समस्या भइरहेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र  संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको जिल्ला समन्वय समितिका सदस्य प्रेमसिंह भाटले जानकारी दिए ।

यसैगरी, आइतबारकै बैठकबाट जिससको पाहुना घर पुर्ननिर्माणको लागि पनि प्रदेश सरकार समक्ष बजेट ब्यवस्थापनको माग गरेको छ । समन्वय समितिको कार्यालयमा रिक्त कर्मचारीहरू पदपुर्तिको लागि माग गर्ने निर्णय पनि भएको छ ।

जिल्ला समन्वय समितिको जिल्ला सभा पनि ३२ असारमा बस्नेछ ।


208
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा