११ असार २०७९, शनिबार

अखिल क्रान्तिकारीको बैठकमा हानाहान, छुट्याउन बोलाइयो प्रहरी

प्रकाशित मिति :  ५ असार २०७९, आईतवार १७:३०


५ असार, काठमाडौं  । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको तेस्रो विस्तारित बैठकमा हात हालाहाल भएपछि प्रहरी बोलाइएको छ ।

केन्द्रीय समितिलाई पूर्णता दिन बोलाइएको बैठकमा उपाध्यक्ष पवन कार्की समूहलाई बेवास्ता गरिएको भन्दै हो-हल्ला गरिएपछि बैठकस्थलमा हात हालाहाल भएको हो ।

सो घटनालगत्तै प्रहरी बोलाएर स्थितिलाई सामान्य बनाइएको अध्यक्ष पञ्चा सिंहले जानकारी दिएकी छिन । आफूनिकटलाई मात्रै केन्द्रीय समितिमा पारेको तथा पदाधिकारी चयन गरेको भन्दै कार्की समूहले बैठकमा नाराबाजी गर्दै फ्रयाक्सन इन्चार्ज हितमान शाक्यको राजीनामासमेत माग गरेका थिए ।


754
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा