राखेपका अवकास प्राप्त कर्मचारीको बिदाइ
नेपालबहस संवाददाता
असार ५, २०७९ आइतबार २३:१८:१८
५ असार, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्, तालिम तथा प्रशिक्षण विभागले आफू मातहत रहेका अवकास प्राप्त उपनिर्देशक, वरिष्ठ पशिक्षक तथा सहायक प्रशिक्षकलाई आइतबार एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको छ ।
विभागका निर्देशक अर्जुन विक, उपनिर्देशक हिमाल दाहाल, कार्यक्रम संयोजक राजेश्वरमान स्थापित र प्रशासकीय प्रमुख नवराज खड्कालगायतले मायाको चिनो, प्रशंसा पत्र, टिका तथा खादा लगादिएर अवकाश प्राप्त कर्मचारीको बिदाइ गरेका हुन् ।
विभागका अन्य वरिष्ठ प्रशिक्षक, प्रशिक्षक, सहायक प्रशिक्षक एवं कर्मचारीहरुले पनि अवकास प्राप्तहरुलाई टिका तथा खादा लगाएर बिदाइ गरे ।
विभागका निर्देशक विकले अवकास प्राप्त प्रशिक्षकहरूलाई सरकारी नियमका कारण उमेरहदले अवकास प्राप्त भएको भन्दै राज्यका लागि उनीहरूको विज्ञता र ज्ञानको अझै आवश्यकता रहेको बताए ।
अवकास प्राप्त गर्नेहरुमा उपनिर्देशक रजनी मैया जोशी (ब्याडमिन्टन), वरिष्ठ प्रशिक्षक टिका सेढाईं (एथलेटिक्स), वरिष्ठ प्रशिक्षक विष्णुकान्त अर्याल (फुल कन्ट्याक्ट कराँते), प्रशिक्षक उपेन्द्र थापा (एथलेटिक्स) र सहायक प्रशिक्षक राजेन्द्र कपाली (कराँते) छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमै पहिलो रुपमा भक्तपुरमा महिला कबड्डी प्रतियोगिता हुने
फागुन २८, २०८० सोमबार
पर्यटन प्रवर्द्धन गर्न रोटरीको ‘मिनी म्याराथन’
माघ २२, २०८० सोमबार
राष्ट्रपति रनिङ शिल्ड प्रतिगिताले ग्रामीण क्षेत्रमा बढायो ‘खेलकुद क्रेज’
माघ ३, २०८० बुधबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार