भारतमा एक दिनमा १२ हजार ८९९ कोरोना संक्रमित
नेपालबहस संवाददाता
असार ५, २०७९ आइतबार २३:३४:४८
५ असार, एजेन्सी । भारतमा कोरोना भाइरसबाट थप १२ हजार ८९९ जना संक्रमित भएका छन् । शनिबार मध्यराती अर्थात गत २४ घण्टाको समयाअवधीमा भएको कोरोना संक्रमित यो सङ्ख्या तीन महिनापछिको नै धेरै हो । भारतमा गत बुधबारबाट संक्रमितको सङ्ख्या १२ हजार नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ ।
यसैवर्षको फेबु्रअरी २६ मा भारतमा ११ हजार ४९९ कोभिड–१९ संक्रमित थपिएका थिए । भारतमा शनिबार १२ हजार ८९९ जना कोरोना संक्रमित थपिएपछि भारतमा सन् २०२० को मार्चबाट शुरु भएको कोरोना संक्रमितको कुल सङ्ख्या चार करोड ३२ लाख ९६ हजार ६९२ पुगेको छ ।
यसमध्ये ७२ हजार ४७४ सक्रिय संक्रमित रहेका समाचारमा जनाइएको छ । सक्रिय संक्रमितको यो सङ्ख्या कुल संक्रमितको ०।१७ प्रतिशत हो ।
पछिल्लो एक दिनमा आठ हजार ५१८ कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २६ लाख ९९ हजार ३६३ पुगेको छ । कोरोना भाइरस निको भएको यो दर ९८।६२ प्रतिशत रहेको छ ।
कोरोना महामारीबाट बिहीबार भारतमा १५ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २४ हजार ८३० भन्दा बढीको मृत्यु भएको समाचारमा जनाइएको छ ।
भारतमा सन् २०२१ को जनवरी महिनाबाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ९६ करोड १४ लाख डोज खोप लगाइएको समाचारमा जनाइएको छ । भारतमा हिजो शनिबार चार लाख ४६ हजार ३८७ जनाको कोरोना परिक्षण भएको बताइएको छ । यसैसँग भारतमाा कोरोना शुरु भएबाट हालसम्म ८५ करोड ७८ लाख जनाको कोरोना भाइरस परिक्षण भएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार