११ असार २०७९, शनिबार

राप्रपा नेपालद्वारा थप तीन पदाधिकारी मनोनित

प्रकाशित मिति :  ५ असार २०७९, आईतवार १७:४८


५ असार, काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले थप दुई जना सहमहामन्त्री मनोनित गरेको छ । पार्टी अध्यक्ष कमल थापाले आइतबार पार्टी केन्द्रीय सदस्यद्वय ज्ञानेन्द्र कार्की र नरप्रसाद थापालाई सहमहामन्त्रीमा मनोनयन गरेका हुन् ।

थापाले केन्द्रीय सदस्य बिक्रम बमलाई पार्टी प्रवक्तामा मनोनयन गरेका छन् । कार्की र थापा काठमाडौं निवासी हुन् भने बम दार्चुला निवासी हुन् ।
पार्टीको विधान बमोजिम उनीहरूलाई मनोनित गरिएको पार्टी प्रवक्ता सुरेश आचार्यले बताए ।


143
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा