१२ असार २०७९, आईतवार
स्वास्थ्य

नेपालमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति :  ५ असार २०७९, आईतवार १८:१६


 ५ असार, काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार २ सय ५४ पिसिआर परीक्षणका क्रममा १८ जना र ७ सय ७३ एन्टीजेन परीक्षणका क्रममा ५ जनामा कोभिडको संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण आइतबार कसैको ज्यान गएको छैन ।

त्यस्तै नेपालमा १२ संक्रमित कोभिड मुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय जना निको भएका छन् । आज थपिएकासँगै नेपालमा १ सय १० सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


143
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा