११ असार २०७९, शनिबार

कम्पनीमा लेखापाल काम गर्ने अजितले चोरे झ्याल फुटाएर साढे ७ लाख !

प्रकाशित मिति :  ५ असार २०७९, आईतवार २१:५३


५ असार, पोखरा । पोखरा १४ मा रहेको बीपीमार्गमा रहेको चुलो सेवामा काम गर्थे २१ वर्षका अजित विक । केही समय काम गरेपछि उनको काममा शंका लाग्यो । कम्पनीले उनलाई बदमासी गरेको आशंकामा जागिरबाट निकालिदियो । २ महिना अघि कामबाट निकालिएपछि विकले सोही कम्पनीमा लुट्ने योजना बनाए ।

लेखापाल काम गरेका उनलाई पैसा कहाँ राखिन्छ र कत्तिको सुरक्षित छ भन्ने हेक्का थियो । विकले ग्रिल र झ्याल फुटाएर काउण्टरमा भएको पैसा चोरे । संचालक सन्तबहादुर लामिछानेका अनुसार ७ लाख २५ हजार ३ सय ५० र ९ हजार भारतीय रुपैयाँ थियो । तर विकको साथबाट ३ लाख ६२ हजार ३ सय ८० रुपैयाँ मात्रै बरामद भएको प्रहरीले जनाएको छ ।

थप २ लाख रुपैयाँ पनि घरमा लुकाएको स्वीकार गरेको प्रहरीका निमित्त प्रबक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए । औद्योगिक क्षेत्रबाट सादा पोशाकमा खटिएको प्रहरीले विकलाई शंकास्पद अवस्थामै पक्राउ गरेको हो । तत्कालै खानतलासी गर्दा उनको साथबाट नगद भेटिएको प्रहरीले जनाएको छ ।

सोधपुछका क्रममा स्रोत खुलाउन नसकेपछि थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गैह्रापाटन पठाएको थियो । विकमाथी चोरी कसुरमा मुद्धा दर्ता गरि थप अनुसन्धान भइरहेको छ ।


637
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा