१२ असार २०७९, आईतवार

छप्कैयाबाट जबरजस्ती करणी मुद्दाका फरार एक जना पक्राउ

प्रकाशित मिति :  ५ असार २०७९, आईतवार २२:०१


५ असार, बीरगञ्ज । जबरजस्ती करणी मुद्दाका फरार अभियुक्तलाई प्रहरीले बीरगञ्जबट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बीरगञ्‍ज महानगरपालिका वडा नम्बर १ का ३५ वर्षीय उमाशंकर गिरी रहेका छन् ।

गिरीलाई वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले छप्कैयाबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई पर्सा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उनले २०६९ जेठ २ गते राती १२ बजे मानसिक सन्तुलन ठीक नभएकी २६ वर्षीय महिलामाथि करणी गरी फरार रहेको प्रहरीको दाबी छ ।


1.61k
Shares
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्याममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकामा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा