६ असार, काठमाडौं । सशस्त्र प्रहरी बलले ३७ जना डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको छ । असार ५ गते बसेको बढुवा समितिको बैठकले बढुवाका लागि गरेको सिफारिसमा परेकाहरुको नामावली सशस्त्र प्रहरी बलले सार्वजनिक गरेको हो ।
ज्येष्ठताक्रमको पहिलो नम्बरमा टोपबहादुर डाँगी बढुवा सिफारिसमा परेका छन् । त्यसपछि क्रमशः हस्तबहादुर गुरुङ, तुलबहादुर भण्डारी, सुमन थपलिया, जीवन केसी, धिरेन्द्र राज न्यौपाने, देव राज अर्याल, दिनेश मल्ल, उद्धव बहादुर रावल, शिवप्रसाद गैह्रे लगायत क्रमस ३७ जना छन् ।
बढुवामा चित्त नबुझे ७ दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिमितसमक्ष उजुरी दिन सकिने जानकारी दिइएको छ । सशस्त्र प्रहरी बलको नियमावलीको नियम ५५ अनुसार बढुवामा चित्त नबुझे उजुरी दिन सकिने र त्यस उपर छानविन हुने बताइएको छ ।