११ असार २०७९, शनिबार

नबिल बैंकका कार्ड प्रयोगकर्तालाई कतार एयरवेजकाे हवाई टिकटमा विशेष छुट हुने

प्रकाशित मिति :  ६ असार २०७९, सोमबार ११:०४


६ असार, काठमाडौं । नबिल बैंकले कतार एयरवेजसँग बैंकका कार्ड प्रयोगकर्ताहरूलाई विशेष सुविधा प्रदान गर्न सम्झौता गरेको छ नबिल बैंकका कार्ड प्रयोगकर्ताहरूले युरोप, अमेरिका र अफ्रिकालगायतका चुनिएका गन्तव्यहरूमा जाने हवाई टिकट खरिद गर्दा १०% छुट पाउनेछन् । यो छुट यही असार १७ गतेदेखि लागु हुने बैंकले जनाएको छ ।

सो सम्झौता पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र कतार एयरवेजका बंगलादेश तथा नेपालका कन्ट्री म्यानेजर मोहम्मद एल इमामका तर्फबाट सेल्स म्यानेजर सारिक बोगटीले हस्ताक्षर गरेका छन् ।

यस साझेदरी अन्तर्गत Business र Economy Class हवाई टिकटमा उत्त १०∞ छुट लागू हुनेछ, र यसका लागि बैंकका कार्ड प्रयोगकर्ताहरूले कतार एयरवेजका प्रतिनिधिहरूलाई आफ्नो नबिल बैंकको कार्ड पेश गर्नुपर्ने हुन्छ ।

कतार एयरवेज अन्तर्राष्ट्रिय हवाई यातायात मूल्याङ्कन संस्था, Skytrax द्वारा 5-Star Covid-19 Airline Safety Rating हासिल गरेको एक विश्वव्यापी अन्तराष्ट्रिय हवाई सेवा हो । अन्तर्राष्ट्रिय यात्रामा कोभिड–१९ को प्रभावलाई ध्यानमा राख्दै, यो सहकार्यले हाम्रा ग्राहकहरूका लागि यो साझेदारी लाभदायक हुने भनि नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह बताए ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १५० शाखा, १८७ एटीएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको संस्थागत संचार विभागले बताएको छ ।


104
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा