११ असार २०७९, शनिबार

गुगलका सह–संस्थापक सर्गेई ब्रिनले गरे सम्बन्ध बिच्छेद

प्रकाशित मिति :  ६ असार २०७९, सोमबार ११:१८


६ असार, एजेन्सी । गुगलका सह–संस्थापक सर्गेई ब्रिनले श्रीमतीसँग सम्बन्धविच्छेद गरेका छन् । विश्वका शीर्ष १० धनी व्यक्तिको सूचीमा परेका अर्बपति ब्रिनले ‘मिलाउन नसकिने भिन्नता’ देखाउँदै सम्बन्ध बिच्छेदका लागि यसै महिनाको सुरुमा निवेदन दिएका थिए ।

सन् २०१८ को नोभेम्बर ७ मा बन्धनमा बाँधिएका यी दुईबीच सन् २०१५ मा देखभेट भएका थियो । सर्गेई ब्रिन र निकोल शानाहानको दुई वर्षकी छोरी छन् ।

क्यालिफोर्नियाको सान्ता क्लारा काउन्टीमा पेस गरिएको अदालतको फाइलिङअनुसार डिसेम्बर २०२१ मा दुवै अलग भएका थिए । बिया–इको फाउन्डेसनकी संस्थापक शानाहानले गर्भवती हुन धेरै संघर्ष गर्नु परेको बताएकी थिइन् । उनको संस्था वातावरणीय र सामाजिक न्यायका लागि समर्पित छ ।

सन् २०१८ मा दुई जनाले प्रजनन समस्याहरूमा समर्पित चिकित्सा अनुसन्धान फर्म बक इन्स्टिच्युटको सह–स्थापना गरेका थिए ।


143
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा